site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश–२ मा सर्सत अनुदान विवाद : दलका नेता र मन्त्रीबीच छलफल 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । प्रदेश नम्बर–२ सरकारले स्थानीय तहलाई पठाउने सर्सत अनुदानको विषयमा देखिएको विवाद समाधान गर्न छलफल भएको छ । प्रतिपक्षी तीन दलका नेता र सरकार पक्षबीच छलफल भएको हो । 

सर्सत अनुदान सरकारले आफूखुसी पठाएको भन्दै मंगलबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का सांसदहरुले प्रदेशसभा अवरुद्ध गरेका थिए । उनीहरुले मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिनुपर्ने माग गरेका थिए । तर, मुख्यमन्त्री राउत अनुपस्थित भएपछि सभामुख सरोजकुमार यादवले आज दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभा बैठक बस्नुअघि प्रतिपक्षी तीनै दलका संसदीय दलका नेतासँग सरकार पक्षले सहमति गर्न नसके आज पनि बैठक अवरुद्ध गर्ने सांसदहरुको भनाइ छ ।

अहिले कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, एमाले संसदीय दलका नेता शत्रुधन महतो, माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह र आन्तिरक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवबीच छलफल भइरहेको हो ।

Global Ime bank

चालु आर्थिक वर्षको सर्सत अनुदानको रकम १३६ पालिकालाई गएको आइतबार प्रदेश सरकारले वित्तीय ऐनानुसार पठाएको छ । सांसदहरुले आफूहरुको सिफारिसमा बजेट र योजनाअनुसारका काम हुनुपर्ने अडान लिएका छन् । प्रदेश सरकार र सांसदको विवादका कारण एक अर्ब १२ करोड १० लाख रकम फ्रिज हुने सम्भावना बढेको छ ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले महानगरपालिकालाई एक करोड, उपमहानगरपालिकालाई एक करोड ५० लाख, नगरपालिका र गाउँपालिकालाई ८०/८० लाख रुपैयाँ ससर्त बजेट उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC