site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनुभन्दा एक दिनअघि विपक्षीले प्रदेश प्रमुख भेटे
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सदनमा विश्वासको मत लिनुभन्दा एक दिनअघि विपक्षीले प्रदेश प्रमुखसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्रीले विश्वासको मत पाउने प्रष्ट आधार नभएको अवस्थामा विपक्षीहरुले प्रदेश प्रमुखसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

गएको वैशाख २९ गते विपक्षी दलले बहुमत रहेको दाबी गर्दा राष्ट्रिय जनमोर्चाका दुई सांसद तटस्थ रहेको विज्ञप्ति सार्वजनिक भएको थियो । तीमध्ये कृष्ण थापाले आफ्नो पत्र वास्तविक रहेको बताएका थिए । खिमविक्रम शाहीले भने आफ्नो नाममा झुटो प्रचार भएको र उक्त विज्ञप्ति आफ्नो नरहेको भन्दै अस्वीकार गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, प्रदेश पमुख पौडेलले दुवै सांसद तटस्थ रहेकाले बहुमत नपुग्ने भन्दै मुख्यमन्त्रीमा संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई शपथ खुवाएकी थिइन् ।

मुख्यमन्त्री गुरुङले उपधारा ४ अनुसार भोलि प्रदेशसभामा विश्वासको मत लिँदै छन् । उनले मत पाउन नसके अर्को सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

Global Ime bank

उक्त अवस्थामा फेरि कसैको झुट विज्ञप्ति सार्वजनिक भएमा के गर्ने भन्ने विषयमा छलफल गर्न विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)का प्रदेश सांसदले प्रदेश प्रमुखलाई भेटेका हुन् ।

बैठकमा जनमोर्चाका सांसद शाहीसहित जनमोर्चाकै पियारी थापा, कांग्रेसका मणिभद्र शर्मा र कुमार खड्का, माओवादी केन्द्रका हरिबहादुर चुमान र रामजी बराल तथा जसपाका हरिशरण आचार्य र धनमाया पोखरेल सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC