site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अनुदानको धानको बिउ पाउन कृषकलाई सकस
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

दाङ । कृषकहरुलाई अनुदानको धानको बिउ पाउन सकस भएको छ । जिल्लाका केही स्थानीय तहका कृषकले अनुदानमा धानको बिउ पाएका छन् भने केही स्थानीय तहका कृषकले धानको बिउ पाउन सकेका छैनन् ।

अनुदानमा उन्नत धानको बिउ नपाउने स्थानीय तहले धानको बिउको खरिदमा समस्या हुँदा वितरण हुन नसकेको जनाएका छन् । स्थानीय तहहरुले कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत धानको बिउ प्रदान गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका कृषकहरुले यस वर्ष अनुदानमा धानको बिउ पाउन नसकेका हुन् । धान खरिद हुन नसक्दा अनुदानमा धानको बिउ वितरण हुन नसकेको तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका अधिकृत धनराज गौतमले बताए ।

Agni Group

धान खरिदका लागि उपमहानगरपालिकाले गएको वैशाखमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो । कसैबाट पनि निवेदन आउन नसकेको कारण धान खरिद हुन नसकेको जनाइएको छ । उपमहानगरपालिकाले जिल्ला बिउ–बिजन समन्वय समितिले निर्धारण गरेको मूल्यमा उन्नत धानको बिउ खरिदको लागि सूचना प्रकाशित गरेको थियो । तर, त्यस मूल्यमा धान दिनको लागि कसैले पनि निवेदन नदिएको गौतम बताउँछन् ।

जिल्ला बिउ–बिजन समन्वय समितिले उन्नत धानको बिउको मूल्य ७० रुपैयाँ तोकेको थियो । समन्वय समितिले तोकेको भन्दा बढी करिब १०० रुपैयाँसम्ममा सिधै बिक्री गर्न पाएपछि कृषकलाई बिक्री गर्ने गरेको बताइएको छ ।

Global Ime bank

“आफ्नो क्षेत्रमा धानको बिउको स्रोत छैन, बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको छ । त्यसैले पनि समस्या भएको हो,” उनले भने । निषेधाज्ञाका कारण पनि थप समस्या भएको उनको भनाइ छ ।

आउँदो वर्षदेखि उपमहानगरपालिकामा आफ्नै धानको बिउको स्रोत हुने गौतम बताउँछन् । लामो समयको प्रयासपछि बिउको स्रोत केन्द्र बनाउन थालिएको उनले जानकारी दिए । अघिल्लो वर्ष उन्नन जात धानको बिउ वितरण गरेका कारण यस वर्ष कृषकहरुको त्यति धेरै माग नरहेको उनको भनाइ छ ।

एक वर्ष रोपेको उन्नत बिउ तीन–चार वर्षसम्म लगाउन सकिने कृषि विज्ञहरु बताउँछन् । उपमहानगरपालिकाले बाहिरबाट आउनेलाई प्रतिस्थापन गर्ने नीति ल्याएको गौतम बताउँछन् । त्यसैअनुसार उपमहानगरपालिका अगाडि बढेको उनको भनाइ छ ।

यता, घोराही उपमहानगरपालिकाले ६१.५ क्विन्टल उन्नत जातको धानको बिउ वितरण गरेको जनाएको छ । कृषकहरुलाई एक महिनाको समय दिएर माग संकलन गरेर त्यसैअनुसार धानको बिउ खरिद गरेर वितरण गरिसकिएको घोराही उपमहानगरपालिकाका कृषि शाखा प्रमुख चोपनारायण खनालले बताए ।

उपमहानगरपालिकाभित्र नै स्रोत केन्द्र रहेकाले धानको बिउ खरिदमा समस्या नभएको उनको भनाइ छ । घोराहीमा धान खरिदका लागि दुई लाख ४० हजार बजेट रहेको कृषि शाखा प्रमुख खनाल बताउँछन् ।

लमही नगरपालिकाले पनि धानको बिउ खरिद गरेर कृषकलाई वितरण गरेको जनाएको छ । लमही नगरपालिकाका कृषि शाखा प्रमुख अमरकुमार चौधरीले कृषलाई अनुदानमा धानको बिउ वितरण गरिसकिएको बताए ।

नगरपालिकाले एक हजार ७३८ केजी बिउ वितरण गरिएको उनले जनकारी दिए । नगर क्षेत्रमा रहेका धान उत्पादन सहकारीमार्फत खरिद गरेर वितरण गरिएको थियो । आफ्नै क्षेत्रमा स्रोत केन्द्र भएका कारण खरिद गर्न समस्या नभएको उनी बताउँछन् । अनुदानमा धान वितरणका लागि नगरपालिकाले एक लाख ५० हजार बजेट छुट्ट्याएको चौधरीले जानकारी दिए । “कृषकहरुमा उन्नत जातभन्दा पनि हाइबे्रड धानतर्फ जोड रहेको छ,” उनले भने ।

जिल्लामा १० वटा पालिका छन् । तीमध्ये केही पालिकाले अनुदानमा बिउ दिएका छन् भने केही पालिकाले योपटक उपलब्ध गराउन नसकेको जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC