राजनीति
काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका छन् । सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ गराएका हुन् ।
लुम्बिनी प्रदेशअन्तर्गत जेठ १७ गते भएको उपनिर्वाचनमा पाण्डे निर्वाचित भएका थिए । विपक्षी गठबन्धनका उमेदवार पाण्डेले एमालेका उमेदवार चन्द्रबहादुर खड्का पराजित भएका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८ १२:१३
प्रतिक्रिया दिनुहोस्