site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश–२ मा मन्त्रालय टुक्र्याएर मन्त्रिमण्डल विस्तार गरिँदै
लालबाबु राउत । फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

जनकपुरधाम । प्रदेश नम्बर–२ मा सत्ता सहकार्यको लागि सत्तारुढ र विपक्षी दलका नेताबीचको बैठक सुरु भएको छ ।

मुख्यमन्त्री लालबाबु राउत र नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस भवनमा बैठक बसेको हो । मुख्यमन्त्री राउत र कांग्रेस संसदीय दलका नेता यादवबीच मन्त्रालय बाँडफाँडको विषयमा छलफल भइरहेको जनाइएको छ ।

Agni Group

पूर्वराजपातर्फका चार मन्त्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री अल्पमतमा पर्ने डरले कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग सत्ता सहकार्यको लागि तीव्र रुपमा छलफल अगाडि बढाइएको छ । कांग्रेस र माओवादीले बढी मन्त्रालय मागेका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको बताइन्छ ।

मन्त्रालय टुक्र्याएर दुवै दललाई सरकारमा सहभागी गराउने तयारी गरिएको छ । कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालय मागेको छ । ६ मन्त्रालयलाई टुक्र्याएर १० वटा बनाउने तयारी गरिएको छ ।

Global Ime bank

आज कांग्रेस र माओवादीसँग सहमति गरी मन्त्रिमण्डल विस्तार हुने आन्तिरक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए । ‘६ वटा मन्त्रालयलाई १० वटा बनाउने हाम्रो पूर्वयोजना नै थियो । त्यसैअनुरुप आजको बैठकबाट १० वटा बनाउने तयारी भएको हो,” उनले भने, “तर,  मन्त्रालय फुटाउने विषयमा बैठकमै तय हुनेछ ।”

भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन र आर्थिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्रएर दुई–दुई वटा मन्त्रालय बनाउन लागिएको बुझिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC