बाह्रखरी
भर्खरै
Ncell inner sticky
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भारतमा कोरोना संक्रमितको संख्या घट्दै संक्रमणको दोस्रो लहरमा भारतमा पहिलोपटक २४ घण्टामा एक लाखभन्दा कममा संक्रमण
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, जेठ २६, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । भारतमा कोरोना संक्रमणको दोस्रो लहर आएपछि पहिलोपटक १ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा भारतमा १ लाख ६३६ संक्रमित थपिएका थिए । 

पछिल्लो २४ घण्टामा भारतमा २ हजार १२३ कोरोना संक्रमितको मृत्यु भएको छ ।
 
तथ्यांक अनुसार भारतमा क्रमशः संक्रमण कम हुँदै गएको छ । मे ७ मा भारतमा एकैदिन सबैभन्दा धेरै ४ लाख १४ हजार १८८ जना कोरोना संक्रमित भएका थिए ।
 
भारतमा हालसम्म २ करोड ८९ लाख ९६ हजार ४७३ जनामा कोरोना संक्रमण भइसकेको छ । ३ लाख ५१ हजार ३०९ संक्रमितको मृत्यु भइसकेको डब्यूएचओको तथ्यांकमा उल्लेख छ । 
 

Nepal Investment bank
Nepal Investment bank
बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्