site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दोस्रो तहका नेताहरूको छलफलपछि नेम्वाङले भने– वार्ता जारी राख्ने समझदारी भयो
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन दोस्रो तहका नेताहरूले पुनः छलफल गरेका छन् । आज एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरूले झण्डै चार घण्टा लामो छलफल गरेका हुन् । 

ललितपुरको समिट होटलमा भएको छलफलमा ओलीका तर्फबाट कार्यदलका संयोजकसमेत रहेका सुवास नेम्वाङ, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए । 

Agni Group

त्यस्तै खनाल– नेपाल समूहका रहेका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र घनश्याम र भीम आचार्य सहभागी थिए । आजको
छलफलपछि नेता नेम्वाङले वार्ता जारी राख्ने सहमति जुटेको जानकारी दिए ।

“वार्ता जारी राख्ने समझदारी भएको छ । आज ठोस निष्कर्ष भने निस्किएन । सधैभन्दा छलफलमा केही नयाँ साथीहरू पनि थपिनुभएको छ । छलफललाई निरन्तरता दिने र एउटा निष्कर्षमा पुग्ने प्रयत्न गरिरहेका छौँ,” उनले भने । 

Global Ime bank

एमालेको विवाद उत्कर्षमा पुगेका बेला नेताहरूले समाधानको पहल गरेका हुन् । आइतबार ओलीले ६ बुँदे प्रस्तावसहित एकताको आह्वान गरेका थिए । तर, खनाल– नेपाल समूहले ओलीको प्रस्ताव एकताको भावनाका साथ नआएको भन्दै त्यसलाई अस्वीकार गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  २२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC