site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इलाममा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु
सांकेतिक तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

झापा । इलामको सन्दकपुर गाउँपालिका वडा नं १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन् । दुवैले गत शनिवार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार टीकाबहादुरको बिर्तामोडको बिएन्डसी हस्पिटलमा उपचारका क्रममा आज मृत्यु भएको तथा जीतबहादुरको आफ्नै घरमा मृत्यु भएको हो ।

विषालु च्याउ खाएर बिरामी भएपछि वीरमान र उनकी पत्नी विष्णुकुमारीलाई समेत अस्तपाल ल्याइएको थियो । उपचारपछि उनीहरू घर फर्किसकेकाे प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC