site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरपश्चिममा एमाले संसदीय दलले ओली पक्षलाई सोध्यो स्पष्टीकरण 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गरेका सांसदहरूलाई स्पष्टीकरण सोधेको छ । संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली पक्षीय सात सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मी आज प्रदेश सभामा मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतमा उभिएका थिए । बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । खनाल–नेपाल समूहका शाहले कारबाहीको चेतावनी समेत दिएका छन् । 

“तपाईंले सो निर्देशन (ह्विप) बमोजिम माननीय मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान नगरी सुदूरपश्चिम प्रदेश, नेकपा ( एमाले), प्रदेश सभा संसदीय दलको निर्णय बमोजिम जारी निर्देशन (ह्विप) को उल्लंघन गर्दै गम्भीर प्रकृतिको अनुशासनहीन कार्य गर्नुभएको छ । तपाईले नेकपा (एमाले), प्रदेश सभा संसदीय दलको विधान, २०७८ को दफा २४ को (क), (ग), (घ) र (ङ) को अनुशासनसम्बन्धी व्यवस्थाको उल्लंघन गरी सोही विधानको दफा २६ (४) आकर्षित हुने कार्य गर्नुभएको छ । यसरी तपाईले नेकपा (एमाले), प्रदेश सभा संसदीय दलको निर्देशन ( व्हीप) उल्लंघन गर्ने गम्भीर प्रकृतिको अनुशासनहीन कार्य किन गर्नुभएको हो स्पष्ट खुलाई जेठ २६ गते ५ बजेभित्र नेकपा (एमाले), प्रदेश सभा संसदीय दलको कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्नुहोला। निर्धारित समयभित्र स्पष्टिकरण पेश गर्नुभएन वा चित्तबुझ्दो स्पष्टीकरण दिनुभएन भने तपाईलाई नेकपा (एमाले), प्रदेश सभा संसदीय दलको विधान, २०७८ को माथि उल्लेखित व्यवस्था बमोजिम कारवाही हुने जानकारी गराइन्छ,” पत्रमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  २०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC