site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वामदेव समूहले भन्यो– ओलीको प्रस्ताव एकताका लागि इमान्दार देखिएन (पूर्णपाठ)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतम समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले ६ बुँदे प्रस्तावमार्फत् पार्टी एकताका लागि इमान्दार प्रयत्न नगरेको बताएको छ । प्रधानमन्त्री ओलीले आइतबार साँझ ६ बुँदे प्रस्ताव अघि सारेपछि वामदेव गौतमको एकता अभियानको बैठक बसेर यो निष्कर्षमा पुगेको विज्ञप्तिमार्फत् बताइएको छ ।

“पार्टी अध्यक्षले वक्तव्यमा आफ्नै प्रशंसा लगाएत कुटिल चातुर्‍यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बावजुद बुँदा न. १ मा “नेकपा(एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ ।” भनेको विषयलाई बैठकले सकारात्मक रुपमा ग्रहण गरेको छ । तर सोही बुँदामा एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको छ । त्यसैगरी जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्विकार पनि गर्न सकिन्छ भन्ने हो जस्लाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न,” विज्ञप्तिको पहिलो बुँदामा भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बुँदा नं ४ मा २६ जनाले विपक्षी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता लिने विषय पनि ओलीकै कार्यशैली, कदमको परिणाम भएको वामदेव समूहले ठहर गरेको छ ।

“२०७८ वैशाख ६ गते संविधानको धारा ७६ को उपधारा (३) को प्रधानमन्त्रीद्वारा पुनः प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा र त्यस पछि प्रतिनिधिसभा विघटन विरुद्ध दर्जनौं रिट निवेदन सर्वोच्चमा पर्नेसम्मका घटनाहरुको सन्दर्भमा नेकपा (एमाले) का २६ जना प्रतिनिधिसभा सदस्यहरुले विपक्षि पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर समावेश भएको छ । यो घटना पार्टी अध्यक्ष प्रधानमन्त्री क. केपी ओलीका अनेकौं विवाददित क्रियाकलापहरु र झलनाथ–माधव समूहका क्रियाकलापहरु एक अर्कासंग सम्बन्धित भएर आएका छन् । यसले हाम्रो पार्टी ज्यादै पेचिलो अन्तरपार्टी संघर्षलाई व्यक्त गरेको छ । यी सबैलाई पुनः एकतावद्ध भए पछिको पार्टी कमिटीको बैैठकबाट मात्र समाधान गर्न सकिने छ,” वामदेव समूहले निष्कर्ष निकालेको छ ।

Global Ime bank

वामदेव समूहले छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा(एमाले) को दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न अनुरोध पनि गरेको छ ।

“सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनःस्थापना वा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुवै अवस्थाका चुनौतिलाई सामना गर्न एकतावद्ध नेकपा (एमाले) तयार छ भन्ने सन्देश दिने गरी छलाङ लगाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुपर्दछ,” समूहको भनाइ छ ।

पूर्णपाठ

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC