site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले विवाद मिलाउन दोस्रो तहका नेता पुनः संवादमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । एमालेका खनाल–नेपाल समूहले कारबाही फिर्ता नलिए संवाद नै नहुने र कार्यदलको उपादेयता सकिएको बताइरहेका बेला दोस्रो तहका नेता पुनः संवादमा जुटेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरूबीच एक घण्टादेखि ललितपुरको समिट होटलमा वार्ता भइरहेको बताइएको छ । वार्तामा ओलीका तर्फबाट कार्यदलका संयोजक समेत बनाइएका सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली रहेको बताइएको छ । यता नेपाल पक्षबाट भने सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायत यसअघि छलफलमा सहभागी हुँदै आएका नेताहरू रहेको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार मात्रै खनाल–नेपाल समूहले कार्यदलको औचित्य सकिएको भन्दै एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेको थियो । र, कारबाही फिर्ताको शर्त अघि सारेको थियो । त्यस्तै उसले अहिले भइरहेका वार्ता, प्रधानमन्त्री ओलीले अघि सारेको एकता प्रस्ताव अल्मल्याउने चालबाजी भएको भन्दै भ्रममा नपर्न अपिल गरेको थियो ।

तथापि, दोस्रो तहका नेता संवादमा जुटेका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC