site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘प्रदेश–१ को नामकरण प्रधानमन्त्रीले रोक्नुभयो’ 
Sarbottam CementSarbottam Cement

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर–१ संसदीय दलका नेता इन्द्र आङ्बोले प्रदेश–१ को नामकरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको बताएका छन् ।

प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै आङ्बोले प्रधानमन्त्री ओलीले नै प्रदेशको नामकरण रोकेको बताउँदै भने, “मुख्यमन्त्री शेरधन राईले सदनमा छलेर कुरा राख्नुभएको छ । प्रदेशको नामांकन गर्ने विषयमा प्रदेशसभाको विषय हो भन्नुभएको छ । अनि, दुईतिहाइको नेतृत्व गर्नेले नामकरणको विषय किन पन्छाएको ?”

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीले राख्न खोजेको नामको विषयमा आफूहरुले उति बेलै असहमति जनाएकोले मुख्यमन्त्रीले फेरि नामकरणको विषय छलफलमा ल्याउन नचाहेको आङ्बोको भनाइ छ ।

“त्यही भएर नामांकन नभएको हो । उहाँले नाम नराख्न जबर्जस्ती गर्न खोज्ने र सर्त राख्नुहुन्छ,” आङ्बोले भने, “त्यो हिसाबले प्रदेश–१ को नामांकन हुनै सक्दैन ।”

Global Ime bank

आङ्बोले प्रधानमन्त्रीले यसअघि पनि नामको विषय प्रस्ताव गरेको सदनसमक्ष बताए । आङ्बोले यस विषयमा मुख्यमन्त्री राईले सोमबार प्रदेशसभाको बैठकमा ‘सफेद झुट’ बोलेको आरोप पनि लगाए ।

प्रदेश–१ को नामको विषयमा दलहरुबीच छलफल गराउने मुख्यमन्त्री राईले बताउँदै आए पनि गराउन भने सकेका छैनन् । प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने मत बलियो भएका कारण पनि प्रदेश सरकार दबाबमा छ । यसअघि, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरुबीच नै नामको विषयमा मतैक्य थिएन ।

प्रधानमन्त्री ओलीले प्रदेश–१ को नाम कोसी हुनुपर्ने आफ्नो गृहनगरमा आयोजित एक कार्यक्रममा बताएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC