site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चुरे जोगाउन प्रदेश सरकारले साझा संकल्पको प्रस्ताव ल्याउनुपर्छ : सचेतक राई 
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर-१ संसदीय दलका सचेतक सूयर्माराज राईले ढुंगा, गिट्टी निर्यात र चुरे संरक्षणको विषयमा प्रदेश सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

संघीय सरकारले बजेटमार्फत चुरेबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरी निकासी गर्ने घोषणा गरेसँगै यसको चौतर्फी विरोध भइरहेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा सचेतक राईले चोरी, उत्खनन्को विषयमा आफूले बारम्बार सदनमा कुरा उठाएको तर प्रदेश सरकार यसप्रति गम्भीर नभएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“अहिले एमाले नेतृत्वकै सरकारले चुरे विनाश हुने प्रस्ताव ल्याएको छ । यसलाई स्वीकार गर्न सकिँदैन,” उनले भने ।

चुरेको विषयमा प्रदेश नम्बर-२ सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको अवस्थामा प्रदेश-१ सरकारको बाटो के हो भन्ने तय हुनुपर्ने बताए ।

Global Ime bank

“बजेट भाषणसँगै चुरे उत्खनन् गरी ढुंगा, गिट्टी, बालुवा भारततर्फ निकासी गर्ने अनि व्यापार घाटा काम गर्ने कुरा आयो । त्यो घर डढाएर खरानी बेच्ने सपना देखेको जस्तै हो,” राईले भने, “सरकार यसको बहुआयामिक समस्या के हुन्छ भन्नेमा प्रष्ट छैन । चुरे दोहनले परेको प्रभावको म पनि एउटा पीडित छु । पहिले २५ फिटमा पानी आउँथ्यो, आज ३०० फिट खन्नुपर्ने अवस्था आएको छ । यसलाई नियन्त्रण र संरक्षण गर्नुपर्नेमा सरकारको बुद्धि आओस् ।” उनले यस विषयमा प्रदेश-१ सरकारको धारणा के हो ? भन्दै प्रश्न गरे ।

राईले चुरे संरक्षण गर्ने अनि ढुंगा, गिट्टीको अवैध उत्खनन् र चोरी निकासी रोक्न साझा संकल्पको प्रस्ताव ल्याउन सरकारसमक्ष माग प्रस्ताव गरे । उनले भने, “मानवका सन्ततिको भविष्य जोगाउनुपर्छ । सरकारले नै यसमा काम गर्ने हो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC