site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिपक्षीले गरे प्रदेशसभा बैठक अवरुद्ध
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । प्रदेश नम्बर-२ को प्रदेशसभा बैठक प्रतिपक्षी दलका सांसदहरुले अवरुद्ध गरेका छन् । मंगलबारको बैठक तीन प्रतिपक्षी दलका सांसदले अवरुद्ध गरेका हुन् ।

प्रदेश सरकारले गलत नियतले पालिकाहरुमा ससर्त अनुदानको रकम पठाएको भन्दै नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले बैठक अवरुद्ध गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सभामुख सरोज यादवले प्रदेशसभा बैठक सुरु गरेलगत्तै तीनै दलका सांसदहरु आसनबाट उठेका थिए । त्यसपछि एमालेका सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारले ससर्त अनुदानको रकम मनपरी ढंगले पठाएको भन्दै आपति जनाए ।

"हामीले पटक-पटक सम्बन्धित प्रदेशसभा सदस्यको सिफारिस र परामर्शमा रकम पठाउन भनेका थियौँ," उनले भने, "तर, त्यसको कुनै सुनवाइ भएको छैन ।"

Global Ime bank

माओवादी केन्द्रका सांसद रामकुमार यादवले पनि पालिकाहरुमा पठाएको अनुदानको रकम प्रदेशसभा सदस्यहरुको सिफारिसमा खर्च हुनुपर्ने धारणा राखे । उनले मुख्यमन्त्री लालबाबु राउतले पटक-पटक आश्वासन दिए पनि त्यसो नगरेकाले सदन चल्न नदिने चेतावनी दिए ।

एमाले संसदीय दलका नेता शत्रुधन महतोले मुख्यमन्त्री राउत आएर प्रदेशसभामा जवाफ नदिएसम्म बैठक चल्न नदिने बताए ।

सभामुख यादवले सांसदहरुको धारणा सुनेपछि सरकारको ध्यानाकर्षण भएको भन्दै बैठक चल्न दिन आग्रह गरे । तर, प्रतिपक्षी सांसदहरु नमानेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC