site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश सांसदको सुझाव- कोरोनासँग जुध्न र जनता बचाउन सरकार गम्भीर हुनुपर्छ
Ghorahi CementGhorahi Cement

विराटनगर । प्रदेश नम्बर-१ का सांसदले कोरोना महामारीसँग जुध्दै जनजीविकालाई सहयोग पुग्ने गरी काम गर्न प्रदेश सरकालाई सुझाव दिएका छन् ।

आठौँ तथा बजेट अधिवेशनको मंगलबारको बैठकमा शून्य समयमा बोल्ने सांसदले कोभिड-१९ को नियन्त्रण, रोकथाम र यसबाट बच्नको लागि सरकारले अझ सक्रिय भएर काम गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाली कांग्रेसकी सांसाद ज्योति सुब्बाले स्वास्थ्यकमीलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताउँदै अस्पतालमा भेटिन्लेटर र अक्सिजनसहितको व्यवस्था गर्न माग गरिन् । उनले भनिन्, “संक्रमितहरु अक्सिजन नपाएर मर्नुपर्ने अवस्थालाई कम गर्न सरकाले ठोस योजनासाथ अघि बढ्न जरुरी छ ।”

Agni Group

नेकपा (माओवादी केन्द्र)का सांसद झलकसिंह दर्लामीले विश्व महामारीका बेला सरकारले आफ्नो लक्ष्य र भूमिका भुलिरहेको आरोप लगाउँदै झापाको दमकमा प्रहरीले सुकुम्बासीलाई दमन गरेको बताए । भने, “प्रहरीले पीडितलाई कुटपिट गरेको छ । केही समयअगाडि सामाजिक विकास समितिले त्यहाँको अनुगमन गरेर पालिकाहरुसँग बसेर छलफल समेत गरी दिगो समाधानको लागि आवश्यक निर्देशन दिन पहल गरेको थियो । तर, अगाडि नै घटना गराइएको छ । त्यहाँ सुकुम्बासीहरुमाथि निर्मम कुटपिट भएको छ । कोभिडको महामारीबीच राहत दिनुपर्नेमा उल्टै दमन गर्ने काम गरेको छ ।”

माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरले समानुपातिक ढंगले सरकारले बजेट वितरण गर्नुपर्नेमा जिल्लागत रुपमा हेर्दा खानेपानीको लागि बजेट विनियोजनमा भेदभाव भएको बताए । भने, “वितरण गर्दा अधुरा योजना पुरा हुनेवाला छैनन् । सम्बन्धित मन्त्रीले यसमा ध्यान दिनुपर्छ । सहरी विकासअन्तर्गतको जनता आवास धमाधम बन्दै छ । तर, ती धेरै अधुरा छन् । उदयपुर, सुनसरीलगायत जिल्लाबाट तीन करोड बजेट भौतिक मन्त्रालयले फिर्ता गरेर कता लगेको हो ?”

Global Ime bank

नेपाली कांग्रेसका सांसद प्रतापप्रकाश हाङ्गामले ताप्लेजुङ जिल्ला कोभिडबाट अति नै प्रभावित भएको भन्दै  अक्सिजन प्लान्ट निर्माण गर्न ताप्लेजुङमा एक करोड रुपैयाँ बजेट तत्काल विनियोजन गर्न आग्रह गरे । भने, “तत्कालै बजेट छुट्ट्याउनुपर्छ । अक्सिजन नपाएर धेरैजनाको मृत्यु भएको छ ।”

सांसद बलबहादुर साम्सुहाङले ताप्लेजुङको विमानस्थलको नाम फेर्न चालेको संघीय सरकारको कदमको विरोध गर्दै भने, “युवा नेताको नाममा राख्न खोजिएको छ । तर, स्थानीयसँग समेत सरसल्लाह भएको छैन ।”

उनले महामारीमा मर्नु भनेको अकालमा मृत्यु भएजस्तै भएकोले कोरोनाबाट मृत्यु भएकाहरुको परिवारलाई सरकाले राहत दिनुपर्ने माग गरे ।

कांग्रेस सांसद लीला सुब्बाले बजेट कहाँ, कता गयो ? भन्ने प्रश्न गर्दै पहिलेका कार्यक्रमहरु नै लाथलिंग बनेको बताइन् । भनिन्,“ अब आउने बजेट सरकारले संसद्लाई छल्ने वा ढांट्ने खालको हुनु हुँदैन । समानुपातिक हिसाबले आउनुपर्छ ।”

माओवादी केन्द्रकी सीतादेवी थेवेले ताप्लेजुङको सुकेटार विमानस्थल र चुहानडाँडा विमानस्थलको नाम नफेर्न माग गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC