site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कैलाली, कास्की, ओखलढुंगा, रुकुम(पश्चिम) र अछाममा पाँचजना मृत फेला
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । कैलाली, कास्की, ओखलढुंगा, रुकुम(पश्चिम) र अछाममा पाँचजना मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित कच्ची घरमा डेरा गरी बस्ने धनगढी घर बताउने ३६ वर्षीय विशाल बुढाथोकी मृत अवस्थामा फेला परेका छन् । घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि विशालसँगै बस्ने एकजनालाई स्थानीय वनमा लुकी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

Agni Group

कास्कीको पोखरा महानगरपालिका–९, नयाँबजारस्थित प्रतीक्षालयमा हाल वतन नखुलेका ६५ वर्षीय रामबहादुर बराई मृत अवस्थामा फेला परेका छन् ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–७, डोले मझुवा बस्ने २५ वर्षीय रविन अधिकारी मृत अवस्थामा फेला परेका छन् । रविनलगायत चारजना सोही ठाउँस्थित मोलुङ खोलामा माछा मार्न गई घर फर्की आउने क्रममा रविन नदेखिएपछि उनको खोजी गर्दा सोही ठाउँस्थित मोलुङ गरही सिँचाइ कुलोमा उनको शव फेला परेको हो ।

Global Ime bank

रुकुम(पश्चिम)को आठबिसकोट नगरपालिका–६, मनका बगरस्थित भेरी नदीको किनारमा आठबिसकोट–६, ठिमी बस्ने ५६ वर्षीय हर्कबहादुर बोहोरा मृत अवस्थामा फेला परेका छन् ।

अछामको तुर्माखाद गाउँपालिका–१, रहफस्थित कर्णाली नदी किनारमा दैलैखस्थित भीमढुंगा कन्ट्रक्सन प्रालिका टिपर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–६ घर भएका २६ वर्षीय सतिश तामाङ मृत अवस्थामा फेला परेका छन् ।

यही जेठ १९ गते दैलेखको टुनिबगरस्थित कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका उनको खोजी गर्ने क्रममा कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC