site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
असार मसान्तभित्र सदस्यता नवीकरण गर्न एमालेको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले असार मसान्तभित्र सदस्यता नवीकरण र नयाँ सदस्यता आवेदन टुङ्ग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेले असार मसान्तभित्र सदस्यको विवरण अद्यावधिक गर्न निर्देशन दिएको काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले जानकारी दिए ।

“असार मसान्तसम्ममा पार्टी सदस्यता नवीकरण तथा नयाँ पार्टी सदस्यहरूको आवेदन फारम भरी अध्यावधिक गरी प्रदेश संगठन कार्यालयमा पठाइसक्न निर्देशन दिइएको छ,” राईले बाह्रखरीसँग भने ।

Prabhu Bank
Agni Group
NIC Asia

एकीकरणपूर्व एमालेले झण्डै पाँच लाख क्रियाशील, संगठित सदस्य रहेको जिकिर गर्दै आएको थियो । डिजिलट लगत पनि राखेको थियो । एकीकरणयता पनि सदस्यता नवीकरण हुन सकेको छैन । अहिले महाधिवेशन लक्षित गरेर सदस्यता नवीकरण थालिएको बताइएको छ । एमालेले आगामी मंसिरमा महाधिवेशनको तिथि तय गरेको छ । मंसिर २ गतेदेखि ६ गतेसम्म १० औँ महाधिवेशन गर्ने उसको योजना छ ।

एमाले विवाद उत्कर्षमा रहेको र झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अदालतको फैसलाअनुरूप जेठ २ कै संरचनाअनुसार पार्टी सञ्चालन हुनुपर्ने अडान राखिरहेका बेला सदस्यता नवीकरण पनि विवादमा पर्ने देखिन्छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC