बाह्रखरी
Ncell inner sticky
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मधुमेह र ‘कालो ढूसी’ कसरी सम्बन्धित छन् ? मधुमेहकै कारण भारतमा कालो ढूसीको संक्रमण बढिरहेको हो ? 
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, जेठ २५, २०७८
Laxmi Bank
Laxmi Bank

बीबीसी । भारतमा ‘कालो ढूसी’ या ‘म्युकोरमाइकोसिस’ झन्डै १२ हजार जनामा देखिएको रिपोर्ट गरिएको छ जुन विशेषगरी कोभिड–१९ बाट ठीक भइरहेका बिरामीहरुमा देखा परिरहेको छ । 

यो गम्भीर संक्रमण वास्तवमा एकदमै दुर्लभ मानिन्छ जसको मृत्युदर ५० प्रतिशत रहेको छ । स्वास्थ्यविदहरुले भारतमा यो संक्रमण बढ्दै जानुका पछाडि डाइबेटिज अर्थात मधुमेहको उच्च व्यापकता भएको बताइरहेका छन् । 

अन्य कुन कुन देशमा छ ‘ब्ल्याक फंगस’ या कालो ढूसी ?

Duber nepal

Agani Group

कोभिड महामारी सुरु हुनु भन्दा अगाडि ‘म्युकोरमाइकोसिस’ कम्तीमा पनि ३८ वटा देशहरुमा देखा परेको रिपोर्ट छ । यसमा पनि भारत र पाकिस्तानमा यसको संक्रमण दर सबैभन्दा उच्च रहेको पाइन्छ । अन्तर्राष्ट्रिय फंगल एजुकेसनका अनुसार भारत र पाकिस्तानमा वार्षिक प्रति दश लाखमा १४० कालो ढूसीका संक्रमित भेटिने गरेको छ । 

युनिभर्सिटी अफ म्यान्चेस्टरका डाक्टर डेभिड डेनिङ फंगल संक्रमणका विज्ञ हुन् र उनका अनुसार महामारी अगाडि नै भारतमा कालो ढूसीको संक्रमण विश्वकै सबैभन्दा उच्च थियो । उनी भन्छन्, “म्युकोरमाइकोसिस’ लाई कमजोर रुपमा नियन्त्रित मधुमेहसँग सीधै जोडिने गरिएको छ र भारतमा मधुमेह अत्यन्तै व्याप्त छ ।”

यो संक्रमणबारे विश्वव्यापी अध्ययन गरिरहेको हालैको रिसर्च पेपरका अनुसार कालो ढूसीबाट संक्रमित कोभिड–१९ बाट ठीक भइरहेका ९४ प्रतिशत बिरामीमा पहिलेदेखि मधुमेह थियो । र यसमा पनि कालो ढूसीबारे रिपोर्ट गरिएका ७१ प्रतिशत बिरामी भारतबाट रहेका छन् । 

के अन्य मुलुकहरुमा पनि यसलाई मधुमेहसँग जोडिएको छ ? 

ठूलो सङ्ख्यामा मधुमेहका रोगी भएका अन्य देशहरुमा पनि कालो ढूसीबारे खबर गरिएको छ । जस्तै भारतकै छिमेकी पाकिस्तान र बंगलादेशमा पनि मधुमेह उच्च स्तरमा व्याप्त छ र उनीहरुले कालो ढूसीबारे रिपोर्ट गरेका छन् तर सो सङ्ख्या एकदम थोरै छ ।  

बंगलादेशमा अहिले डाक्टरहरुले कालो ढूसी संक्रमणका एक बिरामीको उपचार गरिरहेका छन् भने अर्का एकजनाको परीक्षणको नतिजा पर्खिरहेका छन् । डाक्टरहरुले बीबीसीसँग बताए अनुसार ती दुवै बिरामीमा मधुमेह थियो । 

त्यस्तै पाकिस्तानले पनि पछिल्ला केही हप्तामा कालो ढूसी संक्रमणका पाँच बिरामीबारे खबर गरेको छ । ब्राजिलले अहिलेसम्म २९ त्यस्ता बिरामीबारे खबर गरेको छ तर ती मध्ये कतिमा कोभिड थियो या मधुमेह थियो भन्ने चाहिँ स्पष्ट भएको छैन । 

यता रुसले पनि केही समय अगाडि कोभिडका बिरामीमा कालो ढूसी संक्रमण देखिएको रिपोर्ट खबर गरेको हो तर कति जनामा भन्ने चाहिँ स्पष्ट जानकारी दिएको छैन । 

अमेरिकामा पनि मधुमेह रोगीको व्यापकता अधिक उच्च रहेको छ । ९.३ प्रतिशत अमेरिकी जनसङ्ख्यामा मधुमेहको अवस्था रहेको बताइएको छ । त्यस्तै कोभिड संक्रमितको सङ्ख्या पनि अमेरिकामा विश्वकै उच्च रहेको छ । तर त्यहाँ कालो ढूसीको संक्रमण भने एकदमै दुर्लभ पाइएको छ । यस पछाडिको कारण के हुन सक्छ भने, अमेरिकामा मधुमेहको स्थितिलाई उचित व्यवस्थापन गर्ने गरिएको छ र केबल ३ प्रतिशतमा मात्र यसको पहिचान नभएको या उपचार प्राप्त नगरेको राष्ट्रिय निकाय सिडीसीको भनाइ छ । 

मधुमेह किन जोखिमको कारण बन्न सक्छ ?

स्वास्थ्यविद्हरुका अनुसार पत्ता नलागेका या पहिचान नभएका मधुमेहको अवस्था नै यसमा सबैभन्दा ठूलो समस्या बनिरहेको छ । 

आइडीएफको प्रक्षेपण अनुसार भारत, नेपाल, बांग्लादेश र श्रीलंकामा ५७ प्रतिशत मानिसमा मधुमेह पहिचान भएकै हुँदैन ।

त्यस्तै पाकिस्तानमा पनि पत्ता नलागेको मधुमेहको अवस्था एकदमै उच्च दरमा पाइन्छ । 

डाक्टर हरिप्रसाद प्रकाश भन्छन्, “भारतमा मधुमेहको अवस्था अनियन्त्रित छ किनकी त्यहाँ प्रायः मानिसहरुले नियमित स्वास्थ्य परीक्षण गराउने गर्दैनन् । ” 

उनका अनुसार अधिकांश मानिसहरुले अन्य कुनै जटिल स्वस्थ्य समस्या आइपरेपछि मात्र त्यसको उपचार गराउँदै गर्दा मधुमेह भएको चाल पाउने गरेका छन् । 

यसरी पत्ता नालगेको र नियन्त्रणमा नरहेको मधुमेहको अवस्थाले केही संक्रमण सामु बिरामीलाई उच्च जोखिममा पारिरहेको हुन्छ । तिनै संक्रमणमा कालो ढूसी पनि पर्दछ । 

अफ्रिकी क्षेत्रमा पनि मधुमेह पहिचान नहुने दर अति उच्च रहेको छ तरपनि कालो ढूसीको संक्रमण भने न्युन देखिन्छ । डाक्टर डेनिङका अनुसार वास्तवमा त्यहाँ म्युकोरमाइकोसिसका संक्रमितहरु भएर पनि पत्ता नलागेकाले यस्तो भइरहेको छ । उनले थप भने, “यो सजिलै पहिचान गर्न सकिने रोग होइन ।”

अरु केले गराउन सक्छ कालो ढूसी संक्रमण ?

स्वास्थ्यविद्हरुका अनुसार कोरोनाका बिरामीहरुको उपचारमा स्टेरोइडको असिमित प्रयोगलाई पनि कालो ढूसी संक्रमणसँग जोड्न सकिन्छ । भारतमा अहिले ‘डेक्सामिथेसोन र मिथाइलप्रेडनाइसोलोन’ यी दुई स्टेरोइड कोरोनाका बिरामीको उपचारमा ठूलो स्तरमा प्रयोग गरिएको छ । तर पछिल्लो समय बिरामीको चाप र थकानले अस्पताल र डाक्टरहरु ग्रस्त बन्न पुग्दा स्वास्थ्यकर्मीको निरीक्षण बिना पनि स्टेरोइडको प्रयोग भइरहेका थुप्रै प्रमाण भेटिएका छन् । 

यही कारण भारतीय स्वास्थ्य निकायहरुले डाक्टरको सल्लाह बिना आफैँ औषधि र स्टेरोइड नलिन सबैलाई चेतावनी दिइरहेका छन् । यसको परीणाम वास्तवमै गम्भीर हुन सक्ने डाक्टर डेनिङ बताउँछन् । 

बेलायतमा गरिएको ट्रायलमा डेक्सामिथेसोन स्टेराइडले मृत्युदर घटाउनमा मद्दत गर्न सक्ने र गम्भीर संक्रमितहरुको ज्यान बचाउन सक्ने देखिएको छ तर अर्कोतर्फ यही स्टेराइड हलुका संक्रमण भएकाहरुलाई चाहिँ हानिकारक साबित हुने पनि पत्ता लागेको हो । यस रिसर्चमा अस्पतालको वातावरणमा स्टेरोइडको प्रयोगबारे जाँच गरिएको थियो । तर भारतमा यतिबेला केही स्टेटहरुले डेक्जामेथोनोन सहित अन्य आइसोलेसनका स्वास्थ्य सामग्रीहरु सर्वसाधारणमा वितरण गरिरहृका छन् । 
डाक्टर डेनिङ भन्छन्, “धेरै स्टेरोइड कहिल्यै पनि राम्रो होइन भनेर सबैले बुझ्नुपर्छ ।”

युकोरमाइकोसिसले विशेषगरी हाम्रो साइनस, मस्तिष्क र फोक्सोमा असर पार्ने गर्दछ र मधुमेह, क्यान्सर, एड्सलगायत कमजोर प्रतिरोधात्मक क्षमता भएका बिरामीका लागि प्राणघातक पनि हुन सक्छ । 
 

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, जेठ २५, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्