site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
टोपबहादुरको दाबी :  माओवादी केन्द्र विघटनको घोषणा गर्न मात्र बाँकी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र विघटन हुन मात्रै बाँकी रहेको दाबी गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा रहेको कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उनी राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाएको गम्भीर आरोप लगाएका छन् ।
 
“पछिल्लो समय केही सञ्चार माध्यमबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । क. प्रचण्डमा रहेको कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउँदै कांग्रेस सभापतिको शरणामा पुगेको स्थिति छ,” विज्ञप्तिमा भनिएको छ । 

पूर्व माओवादी नेता रायमाझीले माओवादी केन्द्रको आयु बढाउन भ्रम र षड्यन्त्र गरिएको आरोपसमेत लगाएका छन् ।
 
“सुशासनसहितको स्थिरतामार्फत मुलकमा दिगो÷चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले हामी क. केपी ओलीको नेतृत्त्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेकाले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरु÷जनसमुदायमा  अनुरोध छ,” उनले भनेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  ०७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC