site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीको मुख्यमन्त्री फेर्न सभामुखले राजीनामा देलान् त ?
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकीमा सत्ता समीकरणमा निर्णायक भूमिकाको रूपमा अहिले सभामुखको बहस भइरहेको छ ।विपक्षी गठबन्धनकाे नेतृत्वमा सरकार बनाउनको लागि उनले राजीनामा दिने र आवश्यक बहुमत पुर्‍याउन सकिन्छ कि भन्ने विषयमा संसदीय दलभित्र बहस सुरु भएको छ । यसबारेमा सभामुख भने हालसम्म अनभिज्ञ छन् ।

अर्कातर्फ सभामुखले नै राजीनामा दिएको स्थितिमा पनि विपक्षी कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सरकार बन्ने निश्चितता भने छैन । यसअघि गठबन्धनले सरकार बनाउन गरेका असफल प्रयासले पनि सभामुखले राजीनामा दिनासाथ सरकार बन्छ नै भन्नेमा कोहीपनि ढुक्क छैनन । तर, सभामुखले राजीनामा दिने र उनी सांसदको हैसियतमा आइसकेपछि यो नै सरकार बनाउने अन्तिम विकल्प हो भन्नेमा विपक्षी गठबन्धनका सांसद एकमत चाहिँ छन् । 

नयाँ सरकार गठनका लागि सभामुखको चर्चा हुन थालेपछि  के विपक्षी गठबन्धनलाई सत्ता बनाउनकै लागि सभामुखले राजीनामा देलान् ? उनले राजीनामा दिँदैमा विपक्षीको सरकार बन्छ त ? सरकार बनेको खण्डमा फेरि उनी नै सभामुख बन्छन् त ? राजीनामा दिएर सभामुखले संसदीय प्रणालीमा नयाँ नजिर स्थापित गर्छन् त ? कि, सभामुखले राजीनामा नै दिन मान्दैनन् वा सभामुखको राजीनामाको बहस, बहसमै सीमित हुन्छ त ? जस्ता प्रश्न पेचिला बनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभा निर्वाचनमा तत्कालीन बाम गठबन्धनका तर्फबाट पर्वत १ ‘क’ का उम्मेदवार बनी सभामुख निर्वाचित हुनुपूर्व नेत्रनाथ अधिकारी माओवादी केन्द्रको सक्रिय राजनीतिमा थिए । ०७४ को प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनबाट चुनाव जितेपछि फागुन ३ गतेको गण्डकी प्रदेशसभा बैठकले उनलाई सभामुखमा निर्वाचित गरेको थियो ।

नेकपा एमाले र माओवादी केन्द्रको भागबण्डामा सभामुख माओवादीले पाएको थियो । सभामुख निर्वाचित भएपछि उनले सम्बन्धित दलबाट राजीनामा दिए र स्वतन्त्रको हैसियतमा पुगे ।

Global Ime bank

प्रदेश व्यवस्थापिकाको बागडोर सम्हाल्न पुगेका उनै सभामुख निर्वाचित भएको तीन वर्ष नपुग्दै कार्यपालिकाको नेतृत्वको विषयमा बहसको हटकेक बन्न पुगेका छन् ।

यो स्थिति आउनुको प्रमुख कारण नै केन्द्रमा विकसित भएको राजनीतिक घटनाक्रम जिम्मेवार छ । संघीय शासनमा प्रदेश सरकार स्वायत्त भएतापनि शासन गर्ने राजनीतिक दल चाहिँ संघीय प्रणालीमा नगइसकेका कारण देशमा पहिलोपटक अभ्यासमा गएको शासकीय प्रणाली नै धरमरको स्थितिमा पुगेको छ ।

केन्द्रको राजनीतिक परिदृश्य सर्वोच्च अदालतमा विचाराधीन छ भने गण्डकीमा चाहिँ संविधानत नै मध्यावधि निर्वाचनमा जाने प्रष्ट संकेत देखिएको छ ।

भर्खरै सुरु भएको नयाँ शासन व्यवस्थालाई बलियो बनाउनुको सट्टा पहिलो अभ्यासमै मध्यावधि निर्वाचनमा जानुपर्ने बाध्यताका कारण यहाँका सांसदमा व्यवस्था कमजोर हुने भयो भन्ने चिन्ता देखिएको छ । तर, एकले अर्कालाई स्वीकारेर व्यवस्था जोगाउनेतर्फ भने उनीहरू नै तयार छैनन् ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गतेभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ । तर, उनले विश्वासको मत पाउने आधार छैन । एमालेका मुख्यमन्त्री विरुद्ध यहाँ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा उभिएका छन् ।

विपक्षी गठबन्धन एकैठाउँमा हुने हो भने अर्को सरकार बन्ने विकल्प नभएको भने होइन । तर, निर्णायक भूमिकामा रहेको जनमोर्चाका एकजना सांसद कृष्ण थापाले प्रष्ट रूपमै विपक्षीको सरकार बनाउन आफूले सहयोग नगर्ने बताएका छन । थापालाई यसअघि नै उनको पार्टीले कारबाही गरी निलम्बन नै गरेको थियो । बिहीबार मात्रै प्रदेशसभा बैठकले उनको सांसद पद गएको  र स्थान रिक्त भएको जानकारी गराएको थियो ।

तर, त्यसकाविरुद्ध उनी सर्वोच्च अदालत पुगे । अदालतले उनको पद बहाली गरिदियो । उनी सांसदकै हैसियतमा फर्केपछि पनि विपक्षीलाई कुनै हालतमा सहयोग नगर्ने पूर्वअडानमा उनी यथावत छन् । उनको अडानले अहिले गण्डकीमा सत्तापक्ष र विपक्षी दुवै अल्पमतमा छन् ।

एमाले एक्लैका २७ र स्वतन्त्र एक गरि सत्तापक्षमा २८ जना जना सांसद छन । विपक्षमा चाहिँ कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुख बाहेक), राष्ट्रिय जनमोर्चाका २ (कृष्ण थापा बाहेक) र जनता समाजवादीका २ गरी३० जनाको हस्ताक्षर तयारी अवस्थामा छ ।

विपक्षीलाई सरकार बनाउन आवश्यक ३१ मध्ये १ जनाको मात्रै हस्ताक्षर भए पुग्छ । तर, केन्द्रको निर्णय, संसदीय दलको निर्णय नमानेका जनमोर्चाका सांसदका कारण विपक्षीले आवश्यक ३१ सांसद जुटाउन गाह्रो छ । सत्तारुढ एमालेले सरकार टिकाउन सिंगो जनमोर्चा नै फकाउन पर्छ वा ३ जना सांसदको मत तान्नुपर्ने हुन्छ ।

दुवैपक्ष नै अल्पमतमा परेको स्थितिमा विपक्षीले सरकार बनाउन अहिले गण्डकीमा नयाँ शिराबाट बहसको थालनी भएको हो । र, त्यो बहसमा सभामुख नेत्रनाथ अधिकारी र उनको राजीनामाको विषय तानिएको छ ।

उनी व्यवस्थापिकाका अध्यक्ष हुन् । के एक व्यवस्थापिका प्रमुखले कार्यपालिका प्रमुख फेर्नका लागि राजीनामा देलान् त ?

उनी निर्वाचित माओवादी केन्द्रको संसदीय दलको सोमबारको बैठकमा यो विषयले प्रवेश पाएको छ ।

संसदीय दलका नेता हरि चुमान भन्छन, “बाहिर चर्चा भएको छ । त्यहीबारे संसदीय दलमा जानकारी गराइएको हो ।”

उक्त बैठकमा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हितराज पाण्डेसमेत थिए । पार्टी हाइकमान्डलाई सोध्नका लागि पाण्डेलाई जिम्मेवारी दिएको छ ।

पाण्डेले हाइकमान्डसँग बुझ्ने र संसदीय दललाई जानकारी गराउने उनले बताए । कम समय भएकाले पार्टी कमान्डले छिट्टै निर्णय गर्ने उनले बताए ।

“नेतृत्वसँग बुझौँ भन्ने कुरा भएको छ, उताबाट के संकेत आउँछ सोही अनुसार अगाडि बढ्छौँ,” चुमानले भने । पार्टीसँग चाहिँ सभामुखको राजीनामा उचित हो वा होइन भन्ने राय मागिएको उनले बताए । राजीनामा दिएर सरकार बन्यो निश्चित भएमा मात्रै सभामुखलाई जानकारी गराइने उनले बताए ।

“यो ठिक हो वा होइन हामीसँग आइडिया छैन । त्यो नेतृत्वसँग सोधेका छौँ । पार्टीले के भन्छ, अनि सभामुखलाई जानकारी गराउने नगराउनेतर्फ अगाडि बढ्छौँ,” उनले भने ।

सभामुखको राजीनामाको यो बहसलाई उनले संसदीय प्रणालीकै नयाँ अभ्यासको बहसको रूपमा बुझ्छन । “संघीयताको अभ्यास भर्खरै गरेका छौँ, यो त नेपालको हकका लागि नयाँ नै हुन्छ नि । सातमध्ये गण्डकीमा सुरु भएको यो अहिलेका लागि बहस मात्रै हो, एजेन्डा बनेर उठेका चाहिँ होइन । यो विकल्प चाहिँ छ है भन्ने बारेमा बहसमात्र भएको हो,” उनले भने ।

माओवादी केन्द्रले निर्णय गरेर नै सभामुखलाई राजीनामा दिन भनेपछि मात्रै यसबारेमा सभामुखलाई जानकारी गराइने उनले बताए । संसदीय प्रणालीमा व्यवस्थापिका र कार्यपालिकाको टकराब अहिलेकै स्थितिमा पनि देखिएको छ । नेपालको संसदीय प्रणालीमा यी घटनाहरू बारम्बार दोहोरिरहेका छन् । के अब कार्यपालिकाको नेतृत्व फेर्न व्यवस्थापिकाका प्रमुखले राजीनामा देलान त ?

यसको जवाफ पनि माओवादी केन्द्रले हाइकमान्डसँगै अपेक्षा राखेको छ ।

यदि सभामुखले राजीनामा दिएको खण्डमा बहुमत पुग्ने स्थिति देखियो तर, उनले राजीनामा दिइसकेपछि कुनै प्रदेशसभा सदस्य तटस्थ बसेको खण्डमा पनि यहाँ सरकार बन्ने स्थिति देखिँदैन ।

उपसभामुखलाई राजीनामा बुझाएपनि प्रदेश प्रमुखले स्वीकृत नगरेमा के हुन्छ ? सरकार बन्ने समयसीमा सकिसकेपछि राजीनामा स्वीकृत भएका के हुन्छ ? यी प्रश्न पनि बहसमा उठेका छन् ।

अर्कातर्फ अहिलेको सम्भावित परिदृश्य हेर्दा संसद् विघटनउन्मुख छ । तर, संविधानले नै अर्को चुनावसम्म सभामुखको पद नजाने सुनिश्चितता गरेको छ ।

एकजना सांसद अपुग भएकै कारण राजीनामा दिने पछि सरकार नबन्ने र सभामुख पद पनि जाने स्थिति आउने हो कि भन्ने शंका पनि उनीहरूलाई छ । अर्कातर्फ सभामुखले सरकार बनाउनको लागि राजीनामा दिँदा नेपालको संसदीय इतिहासमा नै नयाँ नजर पनि स्थापित हुनेछ ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन तीन दिन मात्र बाँकी रहँदा माओवादी केन्द्रले छोटो समयमा कस्तो निर्णय गर्ला भन्ने बहस र अपेक्षा अहिले यहाँको राजनीतिक वृत्तमा चलिरहेको छ ।

यी सबै बहसबारे सभामुख नेत्रनाथ अधिकारी चाहिँ अनभिज्ञ छन् । उनलाई यसबारे जिज्ञासा राख्दा आफू अनभिज्ञ रहेको र त्यतातर्फ सोचिनसकेको बताए ।

तर, पार्टी हाइकमान्डले संविधान बचाउन, व्यवस्था बचाउनको लागि राजीनामा दिन भनेको खण्डमा मात्रै आफूले सोच्ने उनले बताए । राजीनामा दिएर व्यवस्था बच्ने निश्चितता चाहिँ हुनुपर्ने उनको भनाइ छ ।

“अहिले सोच्ने बेला भएको छैन । अब व्यवस्था बचाउनका लागि, संविधान जोगाउनका लागि पार्टीले नै केही निर्णय गरेको खण्डमा चाहिँ सोच्न सकिन्छ । म अहिले नै त्यसबारे केही धारणा राख्दिन,” बाह्रखरीसँग उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC