site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आज २३ जिल्लामा १० जनाभन्दा कम संक्रमित थपिए, यस्तो रह्यो देशभरको अवस्था
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ हजार ९३० वटा नमुनामा कोभिड संक्रमण परीक्षण गरिएको थियो । जसमध्येबाट ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा ९२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको छ । त्यस्तै आज ६ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । नेपालमा आज सबैभन्दा धेरै काठमाडौंमा ७९० जना संक्रमित थपिएका छन् भने भत्तपुरमा १३५ र ललितपुरमा १९० जना संक्रमित थपिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो २४ घण्टामा उपत्यकाबाहिर सबैभन्दा धेरै सुनसरीमा २११ जना संक्रमित थपिएका छन् । त्यसैगरी मोरङमा १७५ जना, धनुषामा ११५, काभ्रेमा १३६, चितवनमा १३१, सिन्धुपाल्चोकममा १६२, कास्कीमा १३०, गोरखामा १२९ र सुर्खेतमा १०३ जना संक्रमित थपिएका छन् । 

यीबाहेक अन्य जिल्लामा थपिने संक्रमितको संख्या एक सयभन्दा कम रहेको छ । आज ताप्लेजङु, पाँचथर, भोजपुर लगायतका २३ जिल्लामा १० भन्दा कम संख्यामा संक्रमित थपिएका छन्  । 

Global Ime bank

आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ रहेको छ । जसमध्ये ७८ हजार ३६४ जना होम आइसोलेसनमा, ७ हजार १८० जना संस्थागत आइसोलेसनमा, १ हजार ४३४ जना आइसीयुमा र ३९७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC