site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पशुपति आर्यघाटमा घटेन शवको चाप, नयाँ घाट बनाउने कोषको तयारी
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना महामारी घट्दो क्रममा भएपनि पशुपति आर्यघाटमा शवको चापमा भने कमी आएको छैन । पशुपति क्षेत्र विकास कोषले शव व्यवस्थापन गर्न समस्या भएको भन्दै अन्तै नयाँ घाट बनाउने तयारी थालेको छ । 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले पछिल्लो समय कोरोना संक्रमित र नन कोरोना संक्रमितको शवको संख्या बढ्दै जाँदा शव व्यवस्थापनका लागि अन्तै नयाँ घाट बनाउने तयारी थालिएको जनाए । त्यसका लागि कोषले सरकारलाई सिफारिस गरिसकेको छ । 

‘‘अहिले पुरानो घाटले शव थेग्न सक्ने अवस्था छैन् । दैनिक एकसय भन्दा बढी शव यही पुरानो घाटमा जलाएर व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ । शव जलाउन आफन्तहरूले पालो कुर्नुपर्ने अवस्था छ । आफन्तहरूको गुनासो आउने गरेको छ,” डा. ढकालले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

पशुपतिमा १२ ओटा मात्रै पुराना घाट छन् । कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । त्यसैले धान्न नसकिने अवस्था आएको कोषको भनाइ छ ।

‘‘पशुपति आर्यघाटमा बनाइएका पुराना घाट सारिदैन । कतिपय सामाजिक सञ्जालमा पुराना घाट नै सार्ने भनेर हल्ला फैलाउने काम भएछ । पुरानो घाटलाई सार्ने कुरा हुँदैन्,” उनले भने, ‘‘परम्परादेखि शव व्यवस्थापन हुँदै आएका पुराना घाटमा शव बढ्दा व्यवस्थापन गर्न समस्या भएको मात्रै हो । आर्यघाटले धान्न नसक्ने र मन्दिरजस्तो पवित्र ठाउँमा दुर्गन्ध फैलिरहेको छ ।” 

Global Ime bank

कोषकाअनुसार पुरानो घाटमा पानीको भकारी भएकाले उक्त भकारी बोक्न मिल्दैन । त्यसैले पनि पुराना घाटलाई यथावत राखेर नयाँ घाट बनाउने गृहकार्यमा जुटेको कोषले जनाएको छ ।

सदस्य सचिव डा. ढकाल पशुपतिनाथमा अत्याधिक शव जलाउँदा मन्दिरको सौन्दर्य गुम्ने गरेको बताउँछन् । ‘‘हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्रबिदु पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन र धुप बाल्नुपर्ने हो,” उनले भने, “तर यसको साटो अहिले ठिक विपरीत भइरहेको छ । कोरोना महामारीको बेलामा भक्तजनलाई पवित्र सुगन्ध दिनुपर्नेमा शवको दुर्गन्ध दिनुपरेको छ ।” 

नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेटले पशुपति क्षेत्र विकास कोषको गुरु योजना कार्यान्वयन गर्न ३५ करोड बजेट विनियोजन गरेको छ  । जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले गुरुयोजना कार्यान्वयन गर्ने बताएका थिए । 

विद्युतीय शवदाह गृह र पुरानो घाटले धान्न नसक्दा वाग्मतीको किनारामा शव जलाउनु परेको शवदाह गृहका प्रमुख सुवास कार्कीले बताए । ‘‘कोरोना महामारीको बेलामा शवको संख्या अत्याधिक बढेर आयो । त्यसले वाग्मतीको किनारामा अस्थायी घाट विस्तार गरेर शव जलाउन थालेका थियौँ । तर शवको संख्या नघटेकाले निरन्तर पशुपति क्षेत्रमा शवको दुर्गन्ध फैलिरहेको छ,” उनले भने । 

कोषका अनुसार कोष सञ्चालन परिषद्ले गुरुयोजना बनाएर मन्त्रिपरिषद्मा पेश गरेको थियो । उक्त गुरुयोजनामा आर्यघाट व्यवस्थापन गर्नुपर्ने बुँदा पनि समेटिएको छ । 

विद्युतीय शवदाह गृह र पुराना घाटले नधानेपछि हाल वाग्मतीको किनाराका अस्थायी घाटमा शव जलाउने काम भइरहेको छ । शवदाह गृहमा भएका मेसिनले धान्न नसक्दा दाउरालाई प्राथमिकता दिएको कोषको भनाइ छ । नेपाली सेना र कोषको जनशक्ति खटिएर बाहिर संक्रमण नफैलिने गरी शव व्यवस्थापन भइरहेको छ । यसबापत कोषबाट खटिएका कर्मचारीहरूले प्रतिशव एक हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउँछन् । तर खुला ठाउँमा शव जलाउनुपर्दा पर्यावरणमा प्रत्यक्ष असर परिरहेको छ । 

कोषले संक्रमणको शव बढ्दै जाँदा वाग्मती किनारामा अस्थायी घाट विस्तार गरेको थियो । अहिले शव जलाउन समस्या परेपनि आफन्तलाई कुराएरै भएपनि शव बाँकी नराखेको कोषले जनाएको छ । कोरोना संक्रमण कम हुँदै गएपनि संक्रमित शवसँगै कोरोना संक्रमण नदेखिएर अन्य रोग लागेर मृत्यु हुनेको संख्या बढेर गएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC