site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नविन्द्र अस्ताए, तर अस्ताएनन् उनका सपना
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका अत्यन्त लोकप्रिय नेता नविन्द्रराज जोशीको निधन भएको दुई महिना भइसकेको छ, तर उनको सपना साकार पार्न उनकी धर्मपत्नी सपना जोशी  प्रयासरत छन् । 

चैत १३, २०७७ मा महाप्रस्थान गरेका नविन्द्रराज जोशी आफ्नो जीवनको अन्तिम दिनसम्म पनि कोभिड नियन्त्रणमा सहयोग गर्न मास्क, पन्जा र स्यानिटाइजर आदी वितरण गरिरहेका थिए । गत आम निर्वाचनमा काठमाडौंको ८ नम्बर क्षेत्रबाट पराजित भएता पनि विगतमा आफूलाई जिताएको आफ्नो निर्वाचन क्षेत्रमा लगातार सामाजिक सेवा गरिरहेका जोशीको अचानक मस्तिष्कघात भएर मृत्यु भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

जोशीको “घर दैलो कोभिड–१९ सूचना तथा सेवा अभियान” लाई निरन्तरता दिने क्रममा सपना जोशीले विभिन्न आइसोलेशन सेन्टरमा पीपीई, मास्क, सेनिटाइजर र औषधिहरू वितरण गरेकी छिन् । 

Global Ime bank

सपना जोशीको सचिवालयले जनाएअनुसार उनले काठमाडौं क्षेत्र नं ८ अवस्थित शान्ती निकुञ्ज स्कूल, आनन्दकुटी विद्यालय, झीगु इना टोल ल्याह्म पुचः, विभिन्न संघ संस्था तथा स्वयम्भू स्थित नेपाल प्रहरी वृत्त, र भगवान पाऊ मा सञ्चालित स्वास्थ्य शिविरमा विभिन्न स्वास्थ्य सामग्री तथा कोभिड–१९ नियन्त्रण सामग्री वितरण गरेकी छिन् ।

त्यसैगरी, क्षेत्र नं १ को रत्नराज्य स्कूल, वानेश्वर, क्षेत्र नं. ७ को वडा नं १७ ढल्को अवस्थित आइसोलेसन सेन्टर, क्षेत्र नं. ४ को वडा नं ३० रातोपुलको आइसोलेसन सेन्टर तथा प्यारागन स्कूलमा पनि सपना जोशीले स्वास्थ्य सामग्री वितरण गरेकी छिन् ।

उनले नागार्जुन नगरपालिका वडा नं. १, सिन्धुपाल्चोक स्थित त्रिपुरासुन्दरी गाउँपालिका, तथा रोल्पाको लुङ्ग्री स्वास्थ्य चौकीका लागि पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेकी छिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC