काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे प्रस्तावको जवाफमा ६ बुँदे प्रस्तावबाट नै दिने तयारी गरेको छ । आइतबार ओलीले पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए । सोही प्रस्तावबारे साझा धारणा बनाउन आज उक्त समूहको स्थायी कमिटी बैठक बसेको थियो । बैठकपछि नेताहरूले उनले राखेको प्रस्तावमा लिखित जवाफ दिने भएको हो । त्यसको तयारी भइरहेको एक नेताले जानकारी दिए ।
ओलीले आइतबार साँझ जारी गरेको प्रस्तावमा आफू जेठ ३ अघिको अवस्थामा फर्कन तयार भएको बताएका थिए । तर, उनले खनाल–नेपाल समूहले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दायर गरेको रिटको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त अघि सारेका छन् ।