site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेशसभामा उखानटुक्का र गीत सुनाउँदै मुख्यमन्त्री राईले भने– राजनीतिको कोभिडले नेकपालाई निल्यो
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभाको पहिलो बेठकमा चारवटा उखान–टुक्का र एउटा गीतको ‘मुखडा’ सुनाउँदै सरकारको धारणा राखेका छन् ।

सोमबार सुरु भएको आठौँ तथा बजेट अधिवेशनमा आफ्नो धारणा राख्दै गीतका मुखडा अनि उखान टुक्का सुनाएका हुन् । उनले विकास र समृद्धि जनताको एकमात्र चाहना भएको कुरा दोहोर्‍याए । बैठकमा विपक्षी दलले महामारीमा प्रदेश सरकारको कमजोर भूमिकालाई लिएर चर्को टिकाटिप्पणी गरेपछि राईले राजनीतिक परिदृश्य तथा महामारीको विषयमा उखान टुक्का अनि गीतको उदाहरण दिएर जवाफ दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अघिल्लो संसद् बैठकमा आफूलाई विपक्षीले बोल्न नदिएकाले जनतालाई नयाँ वर्ष २०७८ सालको समेत शुभकामना दिन नपाएको भन्दै पहिले शुभकामना व्यक्त गरे । “कोभिड महामारी त राजनीतिक दलमा पनि देखियो । त्यसको केन्द्रबिन्दु धुमबाराही थियो । त्यो कोभिडको संक्रमण प्रदेश र स्थानीय तह सबैतिर फैलियो,” राईले भने । कोभिडबाट एक वर्षभन्दा अगाडिदेखि थलिनुपरेको अवस्थामा समग्र जीवनका पक्षलाई थिलथिलो बनाएको उनले बताए । 

मुख्यमन्त्री राईले पहिलो लहर सकिन नपाउँदै नेकपाभित्र पनि कोभिड देखा परेको र त्यसको केन्द्रबिन्दु धुमबाराही भएको उनको भनाइ छ । ”त्यो कोभिड प्रदेश र स्थानीय तह सबैतिर फैलियो त्यसले कसैलाई पनि बाँकी राखेन । कसैलाई पनि छाडेन प्रदेशसभा पनि संक्रमित भयो । यसरी कुनै राजनीतिक दललाई पनि त्यसले छाडेन । अर्को कोभिडको समेत सामना गर्नुपर्‍यो । हामीले सावधानी अपनाउन सकिएन,” उनले भने, “हामीले परिपक्वता र दूरदर्शिता अपनाउन सकिएन । जोगिन सकिएन । तत्काली नेपाल कम्युनिष्ट पार्टीलाई त कोभिडले निल्यो नै । केही माननीय सदस्य नयाँ रुप र अवतार अनि पोजिसनमा यस हलमा बस्नु परेको छ । अहिले पनि सबैलाई त्यो कोभिडले गाँजिरहेको छ । यस्तो अवस्था छ । यसले कतिबेला कस्लाई निल्ने वा सक्ने हो केही टुंगो छैन ।”  

Global Ime bank

राईले नेकपाको विवादलाई ‘उडायो सपना सबै हुरीले’ भन्ने गीत जस्तै भएको सुनाए । उनले ‘झोल खान गएकी’....... खै के जाति ........भने जस्तो, ‘अति गर्दा खती हुन्छ’......, ‘भुइँको टिप्न खोज्दा’ के के......भयो भने जस्तै नेकपा विवाद अनि राजनीतिक परिदृश्य देखिएको बताए । 

“घुमिफिरी रुम्जाटार...... भने जस्तै अब सबैचिज ट्र्याकमा आएको छ । कोभिडले धेरै ठूलो पाठ सिकाएको छ । दोस्रो लहरले त झन् धेरै पाठ सिकाएको छ । संघर्ष गर्दै नयाँ प्रकारले जिउने एउटा आधारहरू तयार गर्नुपर्ने छ । राजनीतिक कोभिडबाट पनि थुप्रै पाठ सिक्नु परेको छ ।” 

सरकारले महामारीमा काम गर्न नसकेको विषयमा आफ्नो बचाउ गर्दै राईले हिउँदे अधिवेशनमा सरकारको भनाइ राख्न नदिइनु गलत प्रकारको राजनीतिक संस्कार बसाल्न खोजिएको आरोप लगाए । 

आफू अघिल्लो अधिवेशनमा उठेका विषयमा जवाफ दिन चाहेपनि विपक्षीकै कारण त्यतिकै अन्त गर्नु परेको र त्यो बाध्यता भएको जिकिर गर्दै उनले भने, “हामीले एक हप्ता हाउस चलाउने योजना बनाएका थियौं तर वातावरण बनेनन् ।” उनले सरकारको आधा कार्यकाल पुरा भएको सन्दर्भमा मध्यावधि समीक्षा व्यवस्थित रूपमा गरेर समीक्षा प्रतिवेदन सार्वजनिक गरेको र राम्रो प्रगति गरेको सुनाए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC