site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भुसालको कटाक्ष– धेरैजसो सपेराहरू सर्पबाटै टोकिएका छन्
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरू विरुद्ध अनर्गल प्रचार भएको दुःखेसो पोखेका छन् । एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको टिप्पणी गरेका हुन् । 

“फेरि हाम्राविरुद्ध अनर्गल प्रचार सुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ,” भुसालले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “पञ्चायतकालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रूपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु ।”

आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? भन्दै उनले प्रश्न गरेका छन् र  परिणाम पनि त्यस्तै हुने त होइन भन्ने आशंका व्यक्त पनि गरेका छन् । “धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन्,” उनको टिप्पणी छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC