site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको प्रस्तावप्रति खनाल–नेपाल समूहको विभक्त प्रतिक्रिया, कसले के भने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव अघि सारे । उनले एकताका लागि पार्टी कमिटीलाई जेठ ३ अघिको अवस्थामा फर्कन आफू तयार भएको तर सर्वोच्च अदालतमा दायर गरेको रिटमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त तेस्र्याएका छन् । 

उनको वक्तव्यमा खनाल–नेपाल समूहको विभक्त प्रतिक्रिया आएको छ । केही नेताहरुले पार्टी एकताको ढोका खुलेको प्रतिक्रिया दिएका छन् भने केहीले फण्डाको संज्ञा दिएका छन् । 

यस्तो छ प्रतिक्रिया 
उक्त समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले ओलीको वक्तव्य सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले वक्तव्यले कार्यदलस्तरको वार्ताका लागि बाटो खुला गरेको दाबी पनि गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि सार्वजनिक वक्तव्य मार्फत गर्नु भएको आह्वान मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो वक्तव्यले पुनः निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरू सम्मिलित कार्यदलले स्पष्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप विषयहरूलाई समाधान गर्ने छ,” उनको जिकिर छ ।

त्यस्तै स्थायी कमिटी सदस्य एवं प्रदेश एकका संयोजक भीम आचार्यले भने पार्टी एकताका लागि नेतृत्त्व छाड्न नेताहरुलाई प्र्रस्ताव गरेका छन् । उनले नेताहरुले अभिभाकत्व ग्रहण गर्दै दोस्रो पुस्तालाई पार्टी नेतृत्वमा ल्याउन मध्यमार्गी प्रस्ताव गरेका हुन् । 

Global Ime bank

उता, उक्त पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले भने ओलीको वक्तव्य झुठ र भ्रमको पुलिन्दा भएको टिप्पणी गरेका छन् । ओलीले आफ्नो गल्ती स्वीकार नगरेको उनको निष्कर्ष छ ।

“आफूले गल्ती गरेको स्वीकार गरेका छैनन् । समग्रमा यो झुठ र भ्रमको पुलिन्दा हो । कोही पनि भ्रममा नपर्नु होला । संसद विघटन गरेकोमा माफी माग्नु र विघटन फिर्ता लिनुपर्ने प्रमले उल्टै मुद्दाबाट हस्ताक्षर फिर्ता लिने कुरा गरेर नैतिकता कै धज्जी उडाइदिएका छन् । केपी ओलीको मनखुसीले निकालेको वक्तव्यमा हाम्रो सहभागिता छैन र यो असमान लिखत हामीलाई मान्य छैन । कोही भ्रममा नपर्नु हुन अनुरोध गर्दछु,” उनले भनेका छन् ।

नेतृ रामकुमारी झाँक्रीले पनि ओलीको वक्तव्यलाई फण्डाको संज्ञा दिएका छिन् । उनले आइतबार राति नै सामाजिक सन्जालमार्फत घोषणा गरेर ओलीले एकता गर्न नखोजेको बरु झुक्याउन, अल्मलाउन र मिडिया कन्जम्सनको लागि मात्रै ल्याइएको समेत दाबी गरेकी छन् ।

त्यस्तै प्रदेश ३ का सांसद तथा नेता अरुण नेपालले ओलीको वक्तव्यले पार्टी एकताको आधार दिएको जिकिर गरेका छन् । उनले पार्टी एकता अभियानलाई गतिशील बनाउन ढिला नगर्न पनि आग्रह गरेका छन् । “पार्टी अध्यक्षबाट आज जारी भएको वक्तव्यको अध्ययन गरौं । आजको प्रमुख आवश्यकता एमालेको एकता हो । हाम्रो विभाजनले ल्याउने संकट भयावह हुन्छ । विभाजनलाई कसैले पनि ठट्टा ठान्ने भुल नगराैं । यो वक्तव्यले एउटा आधार दिएको छ । यसमा टेकेर पार्टीको एकता अभियानलाई गतिशील बनाउन ढिला नगरौं,”उनको आग्रह छ । 

त्यस्तै उक्त समूहका नेता सुरेन्द्र मानन्धरले ओलीको प्रस्तावले छलफलको ठोस आधार बनाएको बताएका छन् । उनले सामाजिक सन्जालमार्फत् भनेका छन्, “पार्टी अध्यक्ष केपी ओलीले अघि सार्नु भएको ६ बुँदे प्रस्तावले लगभग छिन्नभिन्न हुन पुगेको पार्टीलाई एकताबद्ध बनाउन छलफलको ठोस वातावरण सिर्जना गरेको छ । यो अवस्थालाई फेरि पनि स्वार्थ पूर्ति गर्ने, जालझेल र षड्यन्त्रको खेलको रुपमा कतैबाट प्रयोग नहोस् । वास्तविक र ठोस एकताको लागि सदुपयोग गरियोस् । के हुनु पर्थ्यो ? के भएन ? के हुन्छ ? र के गर्ने ? अब सौहार्दपूर्ण ढंगले नेताहरु कमरेडली भवनाले बसी टुङ्ग्याउनु पर्छ,” उनको भनाइ छ ।

उनले नकारात्मक टिप्पणी नगरी सकारात्मक रुपमा अघि बढ्नुपर्ने पनि बताएका छन् । ओलीको प्रस्तावबारे आधिकारिक धाराणा बनाउन आज स्थायी कमिटी बैठक बस्दैछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC