site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्री बर्खास्त भएपछि बैठक सुरु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनकपुरधाम । राजपाका चार मन्त्री बर्खास्त भएपछि आगामी रणनीति तय गर्न बैठक बसेको छ । सोमबार दिउँसो पूर्वमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा बैठक बसिरहेको हो । प्रदेशसभामा बसेको बैठकमा तत्कालीन राजपाबाट निर्वाचित २५ जना सांसदमध्ये १५ सहभागी छन् । केही सांसद आउने क्रममा रहेको बताइएको छ ।

जसपा उपेन्द्र समूहले प्रदेश सरकारबाट ठाकुर–महतो पक्षका ४ मन्त्री हटाएर कांग्रेस र माओवादीलाई सरकारमा ल्याउने तयारी गरिरहेको छ । समाजवादी पार्टी र राजपा समायोजन हुन नसकेको अवस्थामा सोनलले राजपा संसदीय दलको नेताको हैसियतमा प्रदेशसभामा निर्वाह गर्ने भूमिकाबारे रणनीति बनाउने बैठक बोलाएको बुझिएको छ । 

यसअघि आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको विधान बहुमतले पारित गरेर दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेका छन् । 
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा रहेका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, पर्यटन राज्यमन्त्री सुरेश मन्डल र वन राज्यमन्त्री अभिराम शर्मा लाई बर्खास्त गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC