site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश २ मा कांग्रेसले माग्यो सभामुखसहित ५० प्रतिशत मन्त्रालय 
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारले सत्ता साझेदारीको लागि नेपाली काँग्रेससँग पहिलो चरणको वार्ता गरेको छ ।

सोमबार बिहान मन्त्रिमण्डल पुनर्गठन र सत्ता साझेदारीको लागि दुवै पक्षबीच पहिलो चरणको वार्ता भएको र बेलुका अन्तिम चरणको बैठक बसेर मन्त्रालय बाँडफाड गर्ने तयारी गरिएको जनाइएको छ ।

महन्थ ठाकुर पक्षधर मन्त्री तथा राज्यमन्त्री राति हटाएलगत्तै कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराइ मन्त्रिमण्डल पुनर्गठनका लागि जनता समाजवादी पार्टीले छलफल अघि बढाइएको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कांगे्रससँगको बैठक सकेर जनता समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग पनि छलफल गर्ने तयारी गरेको छ ।

मन्त्रालय फुटाएर पनि दुवै पक्षलाई सरकारमा समेट्ने तयारी छ ।

Global Ime bank

बैठकमा प्रदेश सरकारका तर्फबाट समाजिक विकासमन्त्री नवल किशोर साह, उद्योग वन पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह र कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, सांसदहरू शिवचन्द्र चौधरी र विरेन्द्र सिंहबीच छलफल भएको हो ।

बैठकमा काँग्रेसले तत्कालीन राजपासँग भएको गठबन्धनकै मोडलअनुसार ५० प्रतिशत मन्त्रालय माग गरेको छ ।

कांग्रेसको यसअघिको माग मुख्यमन्त्री नै थियो । तर मुख्यमन्त्री नपाउने भएपछि आधा मन्त्रालयको दाबी गरेको स्रोतले जनाएको छ ।

त्यसैगरी माओवादीलाई एक मन्त्री र एक राज्यमन्त्री दिने चर्चा छ । यद्दपी त्यसबारे टुंगो लागिसकेको छैन । 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC