राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेट भएको छ । प्रचण्ड आज बिहान उनको निवास कोटेश्वर पुगेका थिए । उनीहरुबीच केही समय भेट भएको स्रोतको दाबी छ ।
त्यस्तै नेपाललाई भेटे लगत्तै प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । उनीहरुबीच १५ मिनेट मात्रै भेट भएको स्रोतको दाबी छ । उनीहरुबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८ १२:२८
प्रतिक्रिया दिनुहोस्