राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेको भन्दै आजको संवैधानिक इजलास स्थगित भएको छ ।
प्रधानन्यायाधीश राणाले सर्वोच्च प्रशासनलाई आफू बिरामी भएको जानकारी गराएका थिए । सर्वोच्चका एक अधिकारीका अनुसार राणाले बिरामी भएको जानकारी गराएका छन् ।
त्यसैले आज बस्ने भनिएको संवैधानिक इजलास बस्न सकेन ।
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८ १०:४१
प्रतिक्रिया दिनुहोस्