राजनीति
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का असन्तुष्ट पक्षको बैठक आज मध्याह्न १२ बजे बस्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्तसहित जेठ ३ मा फर्कने बताउँदै ६ बुँदे प्रस्ताव अघि सारेपछि त्यसबारे धारणा तय गर्न उनीहरू बैठक बस्न लागेका हुन् ।
बैठक भर्चुअल माध्यमबाट हुने पार्टी स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार बैठकले प्रस्तावबारे ठोस निर्णय गर्नेछ ।
अध्यक्ष ओलीको ६ बुँदे प्रस्तावपछि खनाल–नेपाल समूहमा मत विभाजित भएको छ । योगेश भट्टराईले ओलीको प्रस्तावको स्वागत गरेका छन् । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसालले अर्को चालबाजीको रूपमा व्याख्या, विश्लेषण गरेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८ १०:०४
प्रतिक्रिया दिनुहोस्