site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रामकुमारीकाे टिप्पणी : पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको वक्तव्य हाे, भ्रममा नपरौँ
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले पार्टी एकताका लागि केपी शर्मा ओलीले प्रस्ताव अघि नसारेको जिकिर गरेकी छन् । आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृ झाँक्रीले एकतर्फी प्रस्तावहरू घोषणा गरेर ओलीले एकता गर्न नखोजेको बरु झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि मात्रै ल्याइएको समेत दाबी गरेकी छन् । 

“एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ । अझ गम्भीर कुरा त के छ भने बुदा नं ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ । यो कसले फिर्ता लिने ? फिर्ता लिने पक्षसंग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होइन र ? लोकतन्त्रको रक्षाका लागि संविधानलाई क्रियाशील गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ । हामीहरूले यसको सुनिश्चिताविना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन,” उनले भनेकी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

झाँक्रीले पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको वक्तव्य भन्दै यसप्रति भ्रममा नपर्न पनि अनुरोध गरेकी छिन् । 

“पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ । अब रह्यो नेकपा एमालेको एकताको कुरा यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्षबीचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो । यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु। विकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिबरे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछ,” उनको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC