site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कार्यदलले काम गर्ने ओलीको प्रस्ताव, तर कार्यदलको नेतृत्व गरेका रावल नै कारबाहीमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६ बुँदे प्रस्ताव राख्दै पार्टी एकताका लागि आह्वान गरेका छन् । उनले खनाल–नेपाल समूहले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा गरेको हस्ताक्षर फिर्ताको माग गरेका छन् । त्यसो भएमा आफू जेठ ३ गते अघिको कमिटीमा फर्कन तयार रहेको ओलीको भनाइ छ । 

संगठनलाई जेठ ३ अघिको अवस्थामा पुर्‍याउने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“मातहतका पार्टी कमिटी र जनसङ्गठनहरू मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् । सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरू कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ,” उनको प्रस्तावको बुँदा नम्बर २ मा उल्लेख छ । 

तर, एमालेले पार्टीलाई जेठ २ अघिको आसपासमा पुर्‍याउन गठित कार्यदलमा खनाल–नेपाल समूहको तर्फबाट नेतृत्व गरेका भीम रावल नै कारबाहीमा छन् । स्थायी कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल भीम रावलसहित ११ जनालाई साधारण सदस्यबाट निष्कासन गरेको छ । 

Global Ime bank

केही अघि ओली र खनाल–नेपाल समूहका दोस्रो तहका नेताको अनौपचारि संवाद भएको थियो । पार्टी एकताका लागि गठित उक्त कार्यदलको औचित्य नरहेको कतिपयको टिप्पणी थियो । 

ओलीले यो बीचमा कुनै कारबाही नगर्ने बताएका छन् । यसअघि गरिएका कारबाहीका विषयमा भने केही खुलाएका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC