site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
योगेश भट्टराईको प्रतिक्रिया : एकताका लागि प्रधानमन्त्रीको आह्वान सकारात्मक 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार सार्वजनिक वक्तव्य सकारात्मक भएको बताएका छन् । प्रधानमन्त्रीले वक्तव्य जारी गरे लगत्तै  प्रतिकिया दिँदै उनले एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा पनि गरेका छन् ।

“नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक वक्तव्य मार्फत गर्नु भएको आह्वान मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो वक्तव्यले पुन निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरू सम्मिलित कार्यदलले स्पष्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप विषयहरूलाई समाधान गर्ने छ,” उनले भनेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

साथै उनले सर्वोच्चमा विचाराधीन विषय सबै सम्भावनालाई ख्याल गर्दै र मुलत संविधानको रक्षा, लोकतान्त्रिकमा प्रकृयाको निरन्तरता र पार्टी एकताको लागि तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुने बताएका छन् ।

“सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वकाबीचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मदत पुग्ने अपेक्षा गर्दछु । हजार माइलको यात्रा पहिलो पाइलाबाट नै सुरु हुन्छ,”उनले भनेका छन् ।

Global Ime bank

आज ओलीले सर्वोचमा दायर रिटमा गरिएको हस्ताक्षर फिर्ता लिए आफू जेठ २ मा फर्कन तयार रहेकोसहितको प्रस्ताव गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC