site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी केन्द्रद्वारा प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता 
फाइल फोटो : माओवादी सांसद प्रदेश सभा बैठकमा सहभागी हुन आउँदै‌ ।
Sarbottam CementSarbottam Cement

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १  सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको  छ । 

आइतबार माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेशसभा सचिवालयलाई जानकारी दिएका छन्।

Prabhu Bank
Agni Group
NIC Asia

समर्थन फिर्ता भएपनि नेकपा एमालेको एकल बहुमत प्राप्त भएकोले मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई संकट छैन ।

माओवादीले केन्द्रमा सरकारलाई दिएको‌ समर्थन फिर्ता गर्ने निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । केन्द्रीय नीति अनुसार नै प्रवेशमा पनि निर्णय भएको माओवादी केन्द्र प्रदेश १ संसदीय दलको कार्यालयले जनाएको छ ।

Global Ime bank

२०७३ फागुन ३ गते नेकपा एमाले संसदीय दलका नेता शेरधन राई माओवादी केन्द्रसमेतको समर्थनमा मुख्यमन्त्री चयन भएका थिए । एमाले र माओवादी मिलेर नेकपा भएपछि राई नै दलको नेता चयन भएका थिए ।

प्रदेशसभामा माओवादी केन्द्रका १५ सांसद छन् ।

सोमबार अपरान्ह २ बजे प्रदेशसभाको आठौं अधिवेशन बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC