काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पुनर्वहाली गरिदिएको छ ।
राष्ट्रिय जनमोर्चाले उनलाई कारबाही गर्दै प्रदेश सभा सदस्य पदसमेत नरहेपछि उनी सर्वोच्च अदालत पुगेका थिए ।
अदालतले आदेशमा भनेको छ, “निजको सांसद पद नरहेमा निजको काम कर्तव्य र अधिकारमा तत्काल पुग्न सक्ने अपुरणीय क्षतिसमेतको दृष्टिकोणबाट प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म निजको गण्डकी प्रदेश सभा सदस्यको पद रिक्त गर्ने गरी भएका सम्पूर्ण निर्णयहरु तथा सो सम्बन्धी पत्राचार, सूचना, जानकारीसमेत कार्यान्वयन नगर्नु, नगराउनू, निज निवेदकलाई प्रदेश सभा बैठकमा नियमितरुपमा भाग लिन र सो हैसियतमा मतदान गर्ने, मत प्रकट गर्ने कार्यमा वञ्चित नगर्नु, नगराउनू ।”