site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपाको प्रदेश–२ संसदीय दलको नेतामा मुख्यमन्त्री राउत
लालबाबु राउत । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश नम्बर–२ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन् ।

आइतबार पार्टीका बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दलको नेतामा मुख्यमन्त्री राउत चयन भएका जनाइएको छ । केन्द्रमा जसपाको विवाद चलिरहेको बेला अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएर दलको नेता चयन र विधान पारित गराएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विधानमा तत्कालीन राजपातर्फका नेताहरुलाई कडाइ गर्ने व्यवस्था रहेको बुझिएको छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गराउन पूर्वराजपाका सांसदहरुले समर्थन नगर्ने आशंकाका कारण उनीहरुलाई कडाइ गर्ने प्रावधान राखिएको हो । बजेट पारित गराउनसमेत मुख्यमन्त्री राउत अल्पमतमा पर्ने हुँदा विधानमै सत्तारुढ दललाई समर्थन नगरे कडा कारबाही गर्ने व्यवस्था गरिएको छ ।

नीति तथा कार्यक्रम र बजेट पारित गर्न पार्टीले ह्विप लगाउन विधान आवश्यक रहेको जनाउँदै विधानविपरीत कार्य गर्नेलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत सहज हुने भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले बताए । “दलको विधान बनाउन ढिला भइसकेको थियो,” उनले भने, “विधान आज बनेको छ । संसदीय दलको काम–कारबाही विधानानुसार हुनेछ । विधानानुसार काम नगर्ने नेतालाई कडा कारबाही गर्नेसमेत व्यवस्था रहेको छ ।”

Global Ime bank

तत्कालीन राजपा र फोरम एक भए पनि अहिलेसम्म विधान बनाइएको थिएन । केही समयअगाडि विधान बनाउन पूर्वराजपाका मनीष सुमनसहित तीन सदस्यीय समिति गठन गरिएको थियो । सुमनले अन्य दुई नेतालाई जानकारी नै नगराई मुख्यमन्त्री राउतसमक्ष विधान पेस गरेका थिए । तर, मुख्यमन्त्री राउतले सो विधान रद्ध गरेका थिए ।

पार्टी विभाजनको संघारमा पुगेको बेला प्रदेशमा संसदीय दलको नेता चयन र विधान पूर्वफोरमनिकटका नेताहरुले आफूअनुकूल बनाएका छन् । समाजवादी र राजपा एकीकृत भए पनि दलको संयुक्त बैठक लामो समयदेखि हुनसकेको छैन । प्रदेशसभामा दुवै दलका नेता र प्रमुख सचेतक छुट्टाछुट्टै रहेका छन् ।

उच्च स्रोतका अनुसार संसदीय दलको विधानमा ४० जना प्रदेशसभा सदस्यको हस्ताक्षर रहेको छ । प्रदेशमा यादव समूहले आफ्नो पक्षमा झन्डै ४२ सांसद पुग्ने विश्वास गरेको छ ।

प्रदेश–२ प्रदेशसभामा पूर्वफोरमका ३०, पूर्वराजपाका २५, नेकपा (एमाले)का २१, नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का आठ र एकजना स्वतन्त्र सांसद छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC