site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजेन्द्र महतोको अभिव्यक्तिको जवाफ प्रधानमन्त्रीले दिन आठ विद्यार्थी संगठनको माग 
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । विभिन्न आठ पार्टीका विद्यार्थी संगठनहरुले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति संविधानविपरीत तथा देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकता्विरोधी भन्दै भर्त्सना गरेका छन् ।

जुम बैठकपछि नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्र, अखिल (छैटौँ) अध्यक्षका अध्यक्ष विमल पोखरेलले एक वक्तव्य जारी गर्दै उपप्रधानमन्त्री महतोको अभिव्यक्तिले उनको व्यक्तिगत धारणा मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमुखी प्रवृत्तिको उजागर गर्ने ठहर गरेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीसँग महतोको अभिव्यक्तिबारेमा स्पष्टीकरणको माग पनि गरेका छन् ।

Agni Group

त्यस्तै, सरकारले २०७८/७५ को बजेट वक्तव्यमा ल्याएको ‘खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गरिने’ योजनाले देशको पूर्वदेखि पश्चिमसम्म कमजोर चट्टान र माटोको भूबनोटसहित फैलिएको चुरे क्षेत्र तस्कर र माफियाहरुबाट दोहन हुने उनीहरुको निष्कर्ष छ ।  बजेटमा उल्लेख गरिएको उक्त प्रावधान तत्काल खारेज गर्न माग पनि माग गरेका छन् ।

दैनिक उपभोग्य वस्तुहरुमा निरन्तर मूल्यवृद्धि भइरहेको समयमा पेट्रोलियम पदार्थमा थप मूल्यवृद्धिले उपभोक्तालाई दोहोरो मारमा पारेको वक्तव्यमा  उल्लेख छ । मूल्यवृद्धि गरिनु जनतामाथि गरिएको गम्भीर अपराध भएको उनीहरुको ठहर छ ।

Global Ime bank

त्यस्तै, निजी स्कुलहरुले विद्यालय बन्द भएको अवधिको शुल्क निरन्तर असुल बन्द गर्न चेतावनी दिन दिएका छन् । साथै, त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयहरुले ‘लकडाउन’को कारण स्थगित परीक्षा उचित मापदण्ड बनाई लिने व्यवस्था गर्न उनीहरुको माग छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC