काठमाडौं । संवैधानिक इजलास सुरु भएको छ । सरकारी पक्षले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईका विषयमा प्रश्न उठाउने तयारी गरेको छ ।
वरिष्ठ ११ जना न्यायाधीशले बहस गर्नु हुँदैन भन्दै निवेदन दिएका छन् । उनीहरुलाई निवेदन फिर्ता लिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आग्रह गरेका थिए ।
अधिवक्ता राजाराम घिमिरे समय नदिँदै पोडिएममा पुगेर आफ्ना तर्क अघि सार्दै फिर्ता नलिने अडान राखेका थिए ।
त्यसपछि प्रधानन्यायाधीश राणाले अदालतको अवहेलनामा कारबाहीको चेतावनी दिएका छन् । “तपाईंको निवेदन फिर्ता लिनुहुन्छ कि अदालतको अवहेलना सहन तयार हुनुहुन्छ,” उनले प्रश्न गरे ।
अधिवक्ता कृष्ण भण्डारीले अपहेलना मुद्दा फेस गर्न तयार तर फिर्ता नलिने अडान राखेका छन् ।