site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘सबैतिर छ पार्टी, तर कहीँ पनि छैन पार्टी’जस्तो अवस्थालाई महासचिव भएर बदल्नुछ : पोखरेल 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का महासचिव तथा निवर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरलले आफूले पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता महसुस गरेको बताएका छन् । उनले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा छलफल भएको पनि बताए ।

“साथीहरू सबैलाई थाहा छ, म नेकपा (एमाले)को महाधिवेशनबाट निर्वाचित महासचिव । तर, महान् र ऐतिहासिक भनिएको एमाले–माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा् रहिन ! तर, २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले–माओवादी पार्टीहरूको पूर्वस्थिति कायम रहन पुगेका कारण म पुनः एमालेको महासचिव रहनपुगेको छु । यो अवस्थामा मैले बुझेको छु्– म पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ ।  पार्टीका आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्बन्धमा कुराहरू भएका छन् । उहाँले मलाई परिस्थितिको गम्भीरताबारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु,” उनले सामाजिक सञ्जालमा भनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सबैतिर पार्टी भए पनि कहीँ पनि नभएजस्तो अवस्था रहेको उल्लेख गरेका छन् ।  यस्तो बेलामा सिंगो राष्ट्रले/आम नेपाली जनताले एमालेप्रति  सुदृढ र जनआधारित नेकपा (एमाले)प्रति आशा गरेको दाबी पनि उनले गरेका छन् ।

“अहिले कतिपयले भन्ने गरेजस्तो 'सबैतिर छ पार्टी, तर कहीँ पनि छैन पार्टी’जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती छ । र, यो बदल्ने अभियान सञ्चालन गर्ने संस्थाको महासचिव भएर मैले भूमिका खेल्नुपर्नेछ । दुर्भाग्य नै हो, यति बेला पार्टीभित्रको एकतामा पनि संकट देखापरेको छ । यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता छ । चुनौतीहरू थुप्रै किसिमका छन् । राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका आशंकाले मानिसहरूमा त्रास सिर्जना गराउन खोजिँदै छ । आर्थिक विकास र समृद्धिको अभियानलाई कमजोर पार्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई कमजोर बनाउने, मुलुकलाई अराकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई विथोल्ने आदि दुस्प्रयत्नहरू हुँदै छन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र/बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ,” पोखरेलको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC