site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘होम डेलिभरी‘ लाई डाँक सेवाको मान्यता 

कोभिड – १९ को दोस्रो लहरले नेपाल पनि आक्रान्त भएको छ । पहिलो लहरभन्दा संक्रमण र मृत्यु दर पनि बढी छ भनिएकाले जनमानसमा त्रास पनि बढेको छ । एकातिर खोप लगाउन पाउनेको संख्या निकै कम छ भने अर्कातिर खोप लगाएकालाई पनि संक्रमण भएको समाचारबाट जनता झनै आत्तिनु स्वाभाविकै हो ।  
 
मानिसको आवश्यकता, रुचि तथा व्यवहारमा समयअनुसार परिर्वतन भइरहन्छ । पहिला किताब पढ्दै हिँडनेहरु अचेल कानमा एयरफोन लगाएर ‘पोडकास्ट‘ सुन्दै हिँड्छन् । चौतारीमा बोलाएर बाघचाल खेल्नेहरु फोनमा कोड पठाएर अनलाइन लुडो खेल्छन् । प्रविधिको उन्नतिसँगै जीवनशैली पनि बदलिइको छ । 

निषेधाज्ञामा पनि अहिले बैंक तथा वित्तीय संस्था सीमित संख्यामा भए पनि खुलेका छन् । तिनका कर्मचारीले खाजा मगाएर खाने अनलाइन मार्फत नै हो । अहिले घरैमा पढाइ (होम स्कुलिङ्ग) चलिरहेको छ जुन कम्प्युटर वा माबाइलको माध्यमबाट हुन्छ । यसमा कुनै बच्चाको एयरफोन, कसैको माउस बिग्रिन सकछ । एयरफोन वा माउस सरकारले तोकेको अत्यावश्यक वस्तुमा परेको छैन । अब तिनले पढाइ छोड्ने कि के गर्ने ? 

कोभिड आइसोलेसनमा बसेका बिरामी र आफन्तले कुरा गर्ने माध्यम पनि मोबाइल फोनमात्र हो । उनीहरुका लागि त मोबाइल खाना वा औषधिजस्तै अत्यावश्यक हुनजान्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोही काभिड–१९ संक्रमित घरैमा (होम आइसोलेसन)मा बसेको छ भने उसले ‘क्यासलेस पेमेन्ट‘ गरेर घरमा आवश्यक समान मगाउने माध्यम अनलाइन डेलिभरी हो । त्यसैले अहिले त सरकारी स्तरबाटै होम डेलिभरीलाई प्रर्बधन गरेर जनतालाई सुविधा र बजारमा हुने भिड कम गरेर सुरक्षा दिनुपर्ने हो । विडम्बना, सरकारले यसैलाई संचालन गर्न दिएको छैन । 

अहिले टोल टोलमा खुलेका किराना पसल, औषधि पसलहरुमा अनिवार्य विद्युतीय भुक्तानीको व्यवस्था गरिनु पथ्र्यो । त्यो पनि कार्डबाट हैन मोबाइल बैकिङ्गको माध्यमबाट मात्र । नगद वा कार्ड त अन्तिम विकल्प बनाइनु पर्छ । 

Global Ime bank

अहिले रोगसँगै भोक पनि छ र अर्थतन्त्रलाई पनि चलायमान बनाइराख्नुको विकल्प छैन । मानिसलाई घरबाट निक्लन रोक्ने प्रभावकारी र सुविधाजनक उपाय होम डेलिभरी नै हो । 

ईकमर्स डिजिटल इकोनोमी हो । एउटा ईकमर्सको डेलिभरी खुल्दा सयवटा पसल खुलेसरह वस्तु र सेवाको आपूर्ति हुन्छ । त्यस्तै फुड डेलिभरीमा पनि सोही अनुपातमा एउटाले धेरै वटा होटल रेस्टुराँलाई व्यापार दिइरहेको हुन्छ । एकजना डेलिभरी राइडर (मोटर साइकलबाट डेलिभरी गर्ने व्यक्ति ) ले ३० देखि ५० घरमा दिनमा सामान आपूर्ति गर्न सक्छ । अर्थात्, आफ्नो समान बेच्न पसल खोलेर बस्नुपर्ने व्यापारीले ईकमर्सको मद्दतबाट व्यापार जारी राख्न सक्छ । 

आफूलाई चाहिने समान किन्न पसलपसल जाने मान्छेले अनलाइनबाट समान मगाउन सक्छ । नेपालमा अनलाईनको प्रयोग गर्ने बानी केही उमेर समूहमा कमै छ । अझ नीति निर्माण तहमा बसेकाहरुमा त झन् कम । हुनत, यसपालिको बजेट भाषणमै सरकारले ईकमर्ससम्बन्धी कानुने तर्जुमा गर्ने घोषणा गरेको छ । तर, यही ईकमर्सको महत्त्वपूर्ण अंग अनलाईन सपिङ्ग सबैभन्दा आवश्यक र उपयोगी हुने बेलामा निषेध गरिएको छ । 

भारतको महाराष्ट्र सरकारले होम डेलिभरीमा जानेले खोप लगाएको हुनुपर्ने लगायतको नियम लबनाएर होम डेलिभरी संचालन गर्न दिएको छ । त्यसरी नै अन्य मुलुकहरुले यसलाई सहज बनाउने नियमहरु बनाइरहेका छन् । 

इकमर्सको डेलिभरी तथा अग्रपंक्तिमा बस्ने कर्मचारीहरुमध्ये धेरैले खोप पनि लगाइसकेका छन् । नलगाएकाले पनि पक्कै छिटै पाउनेछन् । यसैले नेपालले पनि होम डेलिभरीलाई संचालनमा आउन दिनुपर्छ । यसले व्यापारमात्र हैन रोजगारीको अवसर पनि सर्जना गर्छ । 

विश्वमै इकमर्सको अग्रणी एमोजनले १ लाख ७५ हजार कर्मचारी थप राखेको समाचार आएको छ । नेपालमा पनि साना र ठूला गरेर १ हजारभन्दा बढी अनलाइन सपिङ्ग कम्पनी र तिनका सहायक कम्पनीहरु छन । यसबाट १० हजार बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । ईकमर्सबाट न्यूनतम २५ अर्ब रुपियाँको वार्षिक कारोबार हुनेगरेको मानिएको छ । 

धेरैमा ईकमर्स वा अनलाइन सपिङ्ग के हो वा यसले कसरी काम गर्छ भन्ने बुझाइमा कमजोरी रहेको छ । कतिपयले व्यपारीले भन्ने गरेको के हो भने अनलाइनले डेलिभरी गर्न हुने हामीले किन नहुने ? के अनलाइनको मात्र व्यापार हो ? बुझाइको कमीले यस्तो भएको हो ।

वास्तवमा अनलाइनको त व्यापार नै हैन नि । उसको डेलिभरीमात्रै हो । व्यापार त पसल वा सो अनलाईनमा आबद्ध विक्रेता को हो । अनलाईन सपिङ्ग कम्पनीहरुले काम गर्ने विभिन्न व्यवसाय शैली हुन्छ । सोमध्येको सबैभन्दा प्रचलित ‘मार्केट प्लेस मोडल‘ हो जुन नेपालमा पनि बढी प्रचलनमा छ । यसमा अनलाइन सपिङ्ग साइटहरुमा विभिन्न विक्रेताले आफ्ना समानहरु कम्पनीको वेबसाइटमा राखेका हुन्छन् ।

अडर आएपछि उनीहरुले नै बिल बिजक जारी गरेर सामान तयार पारेपछि डेलिभरी गरिदिने जिम्मामात्रै  अनलाइन सपिङ्ग कम्पनीको हो । यसबापत विक्रेताले निश्चित कमिसन उपलब्ध गराउँछ । तर खास विक्री भने विक्रेताकै हुन्छ । सोहीअनुसार फुड डेलिभरी सर्भिसमा पनि विक्री रेस्टुराँको हुन्छ डेलिभरी कम्पनीको हैन । 

गत भदौमा अनलाइन सपिङ्गको डेलिभरी गर्नु हुँदैन भनी धरपकड गरेको सरकारले निर्देशिका जारी गरेर सञ्चालन गर्न दिएको होम डेलिभरी सेवा संचालनमा अहिले किन अवरोध गरिएको हो भन्ने बुझ्न कठिन छ । त्यसैले अत्यावश्यक वस्तुकै किनमेलका लागि पनि अनलाइन सपिङ्गको होम डेलिभरी सेवालाई डाँक सेवाको जस्तो मान्यता दिएर संचालनमा ल्याउनु उचित र आवश्यक देखिन्छ । 

अहिलेको समयमा त सामान आपूर्तिलाई सरकारले आफ्नै हुलाक सेवाको संजालमार्फत भए पनि प्रबर्धन गर्नुपर्ने हो । विदेशमा सरकारी हुलाक सेवाको अनलाइन डेलिभरीमा ठूलो भूमिका हुन्छ । नेपाल भने यो पक्षमा मौन देखिएकोछ । अहिले चिट्ठी पत्रको काम कम भएको अवस्थामा यो सेवा थालिएमा हुलाकलाई पनि केही थप ऊर्जा हुनेछ । 

हुलाकबाटै पिकअप डेलिभरी सेवा सुरु हुने हो भने अनलाइन सञ्जालमा अहिलेसम्म आबद्ध नभएका अन्य साना व्यापारीले समेत यसको फाइदा लिन सक्छन् । उनीहरुले आफ्ना नियमित ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी लिएर घरघरमा सामान पठाइदिन सक्छन् । यसले गर्दा बजारमा अनावश्यक भिडभाड हुँदैन । 

अहिलेको संकटलाई अनलाइन व्यापार प्रर्बधन गर्ने र डिजिटल मुद्राको प्रयोग बढाउने अवसर बनाउन सके मुलुकलाई डिजिटल इकोनोमीतर्फ लैजान सहज हुनेछ । अनलाइन कारोबारलाई राम्रोसँग प्रबर्धन गर्ने हो भने भोलिका दिनमा हामीले हाम्रा खुद्रापसललाई विश्व बजारमा पुर्याउन सक्छाैँ । कम्तीमा विदेशमा बस्ने नेपालीले गुद्रुक मस्यौरा त नेपालमा आफूले किन्ने गरेको पसलबाट नै मगाएर खान सक्छन् । यसै पनि नगद कारोबारमा त तुरुन्तै जानुपर्ने देखिन्छ । अहिले सेनिटाइजरको प्रयोगले नोटको आयु कम सोचेभन्दा धेरै कम हुने अवस्था छ भने नोट त्यसै लेनदेन गर्दा कोरोना सर्ने जोखिम छ । यही मौकामा कागजी मुद्राबाट डिजिटलमा जान सकियो भने नोट छाप्न खर्च हुने ठूलो राशि बचत गर्न पनि सकिन्छ । 

यस्ता विविध कारणले ईकमर्सलाई सरकारले ढिलोचाँडो प्रबर्धन नगरी सुखै छैन । अहिलेको अवस्थामा पनि होम डेलिभरी गर्दा सरकारले मापडण्ड बनाई यसलाई अत्यावश्यक सेवाको रुपमा सूचीकृत गरेर इकमर्सको होम डेलिभरीलाई पनि हुलाक वा डाँक सरहको मान्यता दिएर संचालन गर्ने वातावरण बनाउनुपर्छ ।  हत्केलाले छेकेर घाम छेकिन्न । एक्काइसौं शताब्दीमा ईकमर्सका सेवा रोक्नु मूर्खता हुन्छ ।

(संस्थापक – सोचेको डटकम तथा मेगाटेक ग्रुप, सल्लाअकार, नेपाल ईकमर्स एसोसिएसन)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC