site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ हुँदै, नयाँ संवैधानिक इजलास गठन होला ?  
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका मुद्दामा आइतबार (आज) संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । संवैधानिक इजलासमा नै विवाद भएपछि रोकिएको संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुन लागेको हो । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ती मुद्दामा सुनुवाइ गर्न आज नयाँ संवैधानिक इजलास गठन गर्ने बताएका थिए ।

Agni Group

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ८ गते मध्यरातमा राष्ट्रपति विद्या भण्डारीले संसद् विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन् । 

ती रिटमा गत १३ गतेदेखि सुरु भएको प्रारम्भिक सुनुवाइ मंगलबारदेखि स्थगित छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलासमा राखेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा विपक्षका तर्फबाट पूर्वमहान्यायाधिवक्तासहित वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि विवाद सुरु भएको थियो । 

Global Ime bank

त्यो विवादमा न्यायाधीशद्वय केसी र श्रेष्ठले इजलास नछोड्ने निर्णय लिएपछि संवैधानिक इजलासबाट वरिष्ठतम न्यायाधीश दीपककुमार श्रेष्ठ र न्यायाधीश डा. आनन्दमोहन भट्टराईले इजलास छोड्ने निर्णय लिएका थिए । 

सोही कारण इजलास पुनर्गठन गर्नुपर्ने अवस्था आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC