site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपमेयरमा ९९ मत, समानुपातिक सांसद, गुट फेरेर मन्त्री !
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय तहको निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकामा उपमेयरमा पराजित भएकी रेणुका गुरुङ केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी छन् । 

उपमेयरमा उनलाई नेकपा एमालेकी ज्ञानमाया डंगोलसँग भएको प्रतिष्पर्धामा गुरुङले जम्मा ९९ मत प्राप्त गरेकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मधेसी जनअधिकार फोरमबाट उनी निर्वाचनमा होमिएकी थिइन् । उनै गुरुङलाई शुक्रबार प्रधानमन्त्री ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनाएका हुन् । त्यो पनि जनता समाजवादी पार्टी महन्थ ठाकुर र राजेन्द्र महतो समूहबाट ।

गुरुङलाई उपेन्द्र यादव नेतृत्वको पार्टीले सांसद बनाएको थियो । तर उनले अहिले पछिल्लो समय गुट परिवर्तन गरेर मन्त्री बनेकी हुन् ।

Global Ime bank

यसलाई टोखाकी उपमेयर डंगोलले ‘मतको अपमान’ भनेकी छन् ।

“साना पार्टीले मान्छे नपाएर त्यसबेला उमेदवार बनाए,” उनले भनिन्, “९९ मतमात्र पाएपनि उनैलाई सांसद बनाए अहिले मन्त्री बनाएछन्,” उनले भनिन्, “नेता रिझाएर पद पाउने समय रहेछ । त्यसैले मलाई अनौठो लागेको पनि छैन ।”

जनता समाजवादी पार्टीका एक सांसद भन्छन्, “उहाँलाई उपेन्द्र यादवले सांसद बनाउनुभएको हो । निर्वाचन आयोगमा बुझाएको सूचीमा उहाँको नाम अघि राख्ने विषयमा त्यसबेला पनि विवाद नभएको होइन तर उहाँले प्रभाव पार्न सफल हुनुभयो । पार्टीमा उहाँको कुनै योगदान छैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  २१:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC