site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विपक्षी गठबन्धनले भन्यो– सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गर्न खोज्यो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । विपक्षी गठबन्धनले सरकारले गिटी, बालुवा, ढुंगा निर्यात गरेर घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गर्न खोजेको टिप्पणी गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै गिटी–बालुवा निर्यात गर्ने योजना फिर्ता लिन आग्रह गरेको हो ।

“राज्य प्रणालीलाई नै अस्तव्यस्त तुल्याइरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा ससदको अवमूल्यन गर्दै अध्यादेशमार्फत बजेट ल्याइनुका साथै दुगा, बालुवा र गिटीको निकासी गर्न चुरे क्षेत्र लगायतको उत्खनन् गर्नदिने घोषणा गरिएको छ,” विज्ञप्तिमा भनिएको छ, “यो नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका बासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाती र जनघाती घोषणा हो । बजेट घाटा पर्ति गर्ने भम छर्दै सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

यो निर्णय सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहित स्वार्थ साधनका लागि दुरुपयोग गर्ने राष्ट्रहित विरोधी निर्णय भएको उनीहरूले ठहर गरेका छन् ।

“यस्तो निर्णयको भर्त्सना गर्दै तत्काल खारेज गर्न हामी जोडदार माग गर्दछौँ । त्यस्तै सबै तह र क्षेत्रका जनताले उपभोग गर्ने आयोडिनयुक्त नुनमा सरकारले अनुदान दिई आपूर्ति गरिरहेकोमा हालै सरकारले बजेटमार्फत कसैलाई फाइदा पुर्‍याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट निर्णय गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  २०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC