site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजेन्द्र महतोको पुतला जलाउन खोज्दा खनाल–नेपालनिकट ११ युवा–विद्यार्थी पक्राउ
तस्बिर : सुनील प्रधान/बाह्रखरी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महताको पुतला जलाउन खोज्दा सत्तारूढ पार्टी एमालेका खनाल–नेपाल समूहनिकट ११ जना युवा विद्यार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खनाल–नेपालनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, महासविच आरती लामा, सचिवहरू टपेन्द्र शाही, मेधनाथ चापागाईं रहेका छन् । त्यस्तै, महेश श्रेष्ठ, अशोक थापा, लक्ष्मी क्षत्री, हर्क बम, आकाश खनाल, अमर पुन, मानबहादुर बुढा पनि पक्राउ परेको बताइएको छ । बानेश्वरबाट पक्राउ परेका उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लब राखिएको महासचिव लामाले जानकारी दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उपप्रधानमन्त्री महतोले बहुराष्ट्र राज्यको वकालत गर्दै देश टुक्र्याउने अभिव्यक्ति दिएकाले आन्दोलित भएको र सोही क्रममा पक्राउ परेको उनको भनाइ छ । 

“महतोले देशघाती अभिव्यक्ति दिएको पछि त्यसको प्रतिरोध गर्दै हामी सडकमा ओर्लिएका हौँ,” लामाले भनिन् ।

Global Ime bank

महतोलाई तुरुन्तै सरकारबाट हटाउन पनि उनीहरूले माग गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC