site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सामन्तवादको विरोध गर्ने कम्युनिस्ट सरकार आफैँ सामन्ती बन्यो : सिटौला 
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतमा सामन्तीहरुको विरोधमा लाग्ने भनेर विश्वास गरिएको कम्युनिस्ट पार्टी अहिले सत्ताको आयु लम्ब्याउन नयाँ सामन्तवादी चरित्रसाथ जनताको दमन र शोषण गर्न उद्यत देखिएको बताएका छन् ।

लोकतान्त्रिक विमर्शका लागि साझा सवाल, साझा मञ्चले आज आयोजना गरेको ‘संविधानको आलोकमा वर्तमान राष्ट्रिय राजनीति र कांग्रेसको महाधिवेशन’ विषयक जुम छलफलमा उनले भने, “परम्परागत सामन्तीहरुको विरोध गर्ने कम्युनिस्ट पार्टीको सरकार अहिले त्यही दिशामा अग्रसर बनेको देखिन्छ ।”

Agni Group

उनले आफूहरुले सरकारको यस्तो प्रवृत्तिको सधैँ विरोध गर्ने बताउँदै महामारीको बेला पनि कांग्रेसले जनता जोगाउने दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । “हामीले जनताको लागि राजनीतिक गर्ने हो, त्यो पनि गरिब जनताको लागि । पार्टीलाई पनि सामन्तवादी र हैकमवादी सोचबाट माथि उठाउनुपर्छ,” उनले भने । उनले कांग्रेसले लोकतान्त्रिक चरित्र र संस्कारमा आफूलाई रुपान्तरित गर्नुपर्ने बताए ।

नेता सिटौलाले कांग्रेसको महाधिवेशन तोकिएकै समयमा गर्नुपर्ने पनि बताए । “कोभिड–१९ का कारण परम्परागत ढंगले गर्दा भिडभाड हुन्छ । अब केन्द्रले छलफल गरेर यस विषयमा निर्क्योल निकाल्नुपर्छ । केही हदसम्म जोखिम बोकेरै भए पनि महाधिवेशन गर्नुपर्छ,” उनले भने ।

Global Ime bank

संसद् विघटनले देशलाई जहिले पनि क्षति भएको उनले उल्लेख गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभामा कांग्रेस प्रमुख सचेतक पुष्पा भुसालले राजनीतिक गठबन्धनहरु संविधान बनाउन बनेझैँ फेरि प्राप्त राजनीतिक उपलब्धि जोगाउन एक हुनुपर्ने अवस्था आएको बताइन् । उनले भनिन्, “राजनीतिक उपलब्धि नै गुम्ने हो कि भन्ने चिन्ताबीच अब यसलाई जोगाउन दलहरुबीच गठबन्धन हुन जरुरी देखिएको छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि नै आक्रमण गरेको र उनी बद्नियत ढंगले अघि बढेको आरोप उनले लगाइन् । उनले भनिन्, “एकातिर अहिलेको सरकारले संविधान र संसद्लाई कमजोर बनाउने गतिविधि गरिरहेको छ भने अर्कोतिर स्वेच्छाचारी ढंगबाट अधिनायकवाद अनि तानाशाही प्रवृत्ति देखाएर सरकार सञ्चालन गर्ने अभिष्ट राखेको छ ।”

उनले नेपाली कांग्रेसको महाधिवेशन अपरिहार्य रहेको र कांग्रेस लोकतन्त्रको जग बसाल्ने पार्टी भएकोले पनि महाधिवेशन भदौभित्र सक्नुपर्ने अवस्था रहेको बताइन् । “कोरोनाभाइरसको संक्रमणसमेत व्यवस्थापन गर्दै महाधिवेशन गर्न जरुरी देखिएको छ,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC