site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रजातन्त्र सेनानी श्रेष्ठको निधन
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको शनिबार बिहान ८ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसले जनाएको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, कांग्रेस चितवनका सल्लाहकार समितिका संयोजकसमेत रहेका श्रेष्ठ कांग्रेसमा एक सरल र निष्ठावान् नेताका रुपमा चिनिन्थे ।

Agni Group

बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंहलगायत कांग्रेस शीर्ष नेताहरुसँग सहयात्रीको रुपमा रहेर उनले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र आन्दोलनहरुमा सक्रिय योगदान पुर्‍याएका थिए । तत्कालीन पञ्चायती व्यवस्थाले उनको सर्वस्वहरण गरेको थियो । लामो समयसम्म प्रवासमा बस्नुका साथै उनले जेल जीवनसमेत व्यतीत गरेका थिए ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC