site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नयाँ पार्टी गठन गर्न टिमभित्रै समस्या भयो, परिस्थिति हेरेर छिट्टै निर्णय हुन्छ : माधव नेपाल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्न टिमभित्रै समस्या उत्पन्न भएको बताएका छन् । आफूनिकट जिल्ला अध्यक्ष र सचिवको भर्चुअल भेलामा नेता नेपालले टिमभित्रै मत बाझिएकाले नयाँ आन्दोलन निर्माण गर्न नसकिएको बताएका हुन् ।

“जिल्ला अध्यक्ष तथा सचिवहरूले तत्काल बोल्ड डिजिसन गरेर अघि बढ्नुपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिताले सीमा नाघिसकेकाले उनीसँग मिल्ने सम्भावना देखिँदैन,” भर्चुअल बैठकमा सहभागी एक नेताले भने, “अलमल नगरी छिट्टै निष्कर्षमा पुग्नुपर्छ भन्ने केही जिल्ला नेताहरूको राय थियो ।”

Prabhu Bank
Agni Group
NIC Asia

जवाफमा नेता नेपालले समूहका केही नेताहरू अझै पनि मिल्न सकिन्छ कि भनेर ओली पक्षसँग वार्तामा बसेकाले निर्णय गर्न कठिनाइ भएको बताएका थिए । “नयाँ पार्टी गठन गर्न टिममा समस्या भयो । परिस्थिति पनि अनुकूल देखिएन । संसद्मा प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन छ । एमालेकै तर्फबाट हामी त्यहाँ मुद्दा लडिरहेका छौँ,” नेता नेपालको भनाइ उद्धृत गर्दै भने, “हिजो केन्द्रीय कमिटीका नेताहरूसँग पनि छलफल गरेर राय लिने काम भयो । अब छिट्टै हामी एउटा निष्कर्षमा पुग्छौँ ।”

नेता नेपालले समूहका केही नेता अझै ओली पक्षसँग संवाद गरेर परिणाम निकाल्छौँ भनेर लागे पनि त्यो सम्भावना नरहेको बताएका थिए । “हामीले विभाजन गरेर जान खोजेको होइन । केपी ओली नै विभाजनका कारक हुन् । उनले नै पार्टी फुटाउन खोजेका हुन् भन्ने घटनाक्रमले पुष्टि गरिसकेको छ । अहिले पनि उनी पार्टी एकताको आधार बनाउने भन्दा पनि टालटुले कुरा गरिरहेका छन् । जेठ २ मा फर्कन अनिच्छा देखाइरहेका छन् । यस्तो अवस्थामा एउटा निष्कर्षमा पुग्नैपर्छ,” नेता नेपालको भनाइ उद्धृत गर्दै अर्का जिल्ला अध्यक्षले भने ।

Global Ime bank

खनाल–नेपाल समूहले आजै स्थायी कमिटीको बैठक पनि राखेको छ । स्थायी कमिटी बैठकले एउटा निष्कर्ष निकाल्ने नेताहरू बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC