site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महतोको आन्दोलनप्रति ओलीले अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्यचकित छु : वामदेव 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले जनता समाजवादी पार्टी (जसपा)का नेता तथा उपप्रधानमन्त्री राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको कथित आन्दोलनले नेपाललाई विखण्डन गर्ने जिकिर गरेका छन् । उनले आज एक वक्तव्य जारी गर्दै महतोले बहुराष्ट्र बनाउने भनेर दिएको अन्तर्वाताले आफू दुःखी भएको पनि बताएका छन् ।

“नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महतोले संविधानको मर्मविपरीत कार्य गर्ने छैन भनि शपथग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको अन्तर्वार्ता सुन्दा म अत्यन्त दुःखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ– नेपाल अनेकौँ विशेषतासहितको राष्ट्र हो । त्यस्तै, संविधानको धारा ४ मा स्पष्ट भनिएको छ– अनेकौँ विशेषतासहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ, त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुन सक्दैन,” गौतमले भनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गौतमले नेपाललाई विघटन गर्ने आन्दोलन कुनै नेपालीका निम्ति स्वीकार्य नहुने पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्यचकित भएको पनि वक्तव्यमा उल्लेख छ ।

“राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्यचकित भएको छु,” उनले भनेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC